Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता ल्याउने पहल जारी छः प्रधानमन्त्री

रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता ल्याउने पहल जारी छः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन् । तर, जुनसुकै माध्यमबाट युद्ध मैदानमा पुगे पनि उनीहरूलाई फिर्ता ल्याउने पहल जारी रहेको उनले जानकारी गराए ।

परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले जवाफ दिनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर ९ज्ञानेन्द्र० शाहीले ‘रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन के पहल भएको छ ?’ भन्दै प्रश्न गरेका थिए । उनले ‘यो देशमा सरकार र प्रधानमन्त्री पनि छ ?’ भन्ने प्रश्न गरेका थिए ।

जवाफमा उनले आफू प्रधानमन्त्री भएकाले नै युद्ध लडिरहेकासँग राति १२ बजे पनि संवाद गरेको बताए । “प्रश्न सोध्ने माननीयज्यू यहीँ हुनुहुन्छ कि जानुभयो ? नेपालमा प्रधानमन्त्री छ र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,” उनले भने, “सरकारले पठाएर रुसी सेनामा गएका हैनन् । जे भए पनि नेपाली नागरिक जानु र युद्धमा मारिनु दुःखद कुरा हो ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT