Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालएभरेष्ट हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर, ४२१ जनाको चेकजाँच

एभरेष्ट हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर, ४२१ जनाको चेकजाँच


काठमाडौं । नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अबिरल झरीकाबीच शनिबार बिहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको शिविरमा ४२१ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् ।

शनिबार नै भएको बृहत रक्तदान कार्यक्रममा १२६ जना व्यक्तिहरुले रक्तदान गरेको र २७५ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको छ ।

अस्पतालका निर्देशक एवं प्रशासन प्रमुख दीपकचन्द्र बरालले निःशुल्क आँखा जाँच शिविरमा १८९ जना व्यक्तिहरूले सेवा लिएको र करिब ३० प्रतिशतको सामान्य दृष्टि समस्या देखिएको बताए । यस्तै, करिब १० प्रतिशतमा मोतिविन्दु र ६० प्रतिशत व्यक्तिहरूको आँखा सुक्खा हुने समस्या पाइएको बताए । उनले शिविरमा आई जाँच गराउने १३० जना व्यक्तिहरुलाई निःशुल्क चश्मा वितरण गरेको बताए ।

यस्तै, शिविरमा ११२ जनाले मिर्गौला जाँच गराएका छन् । जसमा ५९ जना व्यक्तिहरूमा मधुमेह, कोर्टिकल सिस्ट, उच्च रक्तचाप जस्ता समस्याहरू पाइएको छ । दन्त शिविरतर्फ १२२ जनाको जाँच तथा उपचार गरिएको छ ।

जाँच गराउन आउनेहरुमा दाँत किराले खाने, गिंजा सम्वन्धी समस्या बढी देखिएको थियो । साथै शिविरमा आएका सबै जनाको दन्त उपचार नसकिएपछि नाम लेखाएका बिरामीहरुलाई आगामी दुई महिनासम्म निःशुल्क दन्त परीक्षण गरिने अस्पतालले जनाएको छ ।
यस्तै, प्रयोगशाला परीक्षण तर्फ १६४ जनाको रगत जाँच गरिएको थियो ।

यता निःशुल्क प्रयोगशाला परीक्षणमा १६४ जना व्यक्तिहरूले रगतको जाँच गरिएको थियो । त्यसमा ब्लड सुगर, युरिया, क्रियाटिनन् लगायतका जाँच भएको हस्पिटलले जनाएको छ । यस्तै, सहुलियत दरको अल्ट्रासाउण्ड सेवामा १५२ जनाले सेवा लिएका छन् । सो अवसरमा २०० बढी महिलालाई निशुल्क रुपमा स्यानीटरी प्याड वितरण भएको थियो ।

यसअघि शनिबार नै अस्पतालले ब्लड बैंक सेवा, हेमोडायलासिस सेवा संगै दन्त विभाग, नेत्र विभाग र आईसीयू विभागको औपचारिक शुभारम्भ गरेको छ । शुक्रबार मात्रै राजीनामा दिएका स्वास्थ्य मन्त्री प्रदीप यादवले ती विभागहरुको उद्घाटन गरेका थिए ।

सो अवसरमा बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामकुमार के.सी. वडा नं. १० का वडा सदस्य निरोज अर्याल लगायतको उस्थिति थियो । उक्त अवसरमा हस्पिटलले नेपालको आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै प्राडा रामप्रसाद पोखरेल आँखा बालाई सम्मान गरेको थियो ।

हस्पिटलका निर्देशक बरालले प्रतिकुल समयकाबीच पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरिएको बताए । उनले आगामी दिनमा पनि नागरिक लक्षित नि:शुल्क सेवा सञ्चालन गर्ने जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT