गृहपृष्ठ ∕
नेपाल ∕
बाँकेबाट गएको वैशाखमा छोरासहित हराएकी एक महिला भुटानमा बन्दी बाँकेबाट गएको वैशाखमा छोरासहित हराएकी एक महिला भुटानमा बन्दी
बाँके । बैद्यनाथ गाउँपालिका–७ बाट गएको वैशाख ५ मा छोरासहित हराएकी एक महिला भुटानमा बन्दी भएको खुलेको छ । माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडेकी गणेश ठकुरीकी श्रीमती भुटानमा बेचिएको र बन्दी भएको खुलेको हो ।
रोजगारीका लागि भारतमा रहेका ठकुरी श्रीमती हराएको चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लागेका थिए । खोजी गर्दा पनि श्रीमती सम्पर्कमा नआएको र पछि नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले ३० हजार भारतीय रुपैयाँमा बेचबिखन गरेको थाहा पाएको उनको भनाइ छ ।
भुटानमा गाडी चलाउने नेपाली चालक सुरज विकमार्फत खबर पाएपछि मात्रै भुटानमा बेचिएकोबारे थाहा भएको गणेशको भनाइ छ । सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको गणेशले बताए । जतिसक्दो चाँडो उद्दारका लागि पहिल गरिदिन प्रहरी प्रशासनमा अनुरोध गरेको उनले बताए ।
वडाअध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा जानकारी आएको र लगत्तै खोजीका लागि चारैतिर पहल गरिरहेको बताए । प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उनले बताए । अहिले भुटानमा रहेको निश्चित भएसँगै जतिसक्दो छिटो नेपाल झिकाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास
काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन
ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा
काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२
काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी
ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले