Techie IT
२०८१ साउन १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकेशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन


काठमाडौँ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो ।

समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिए । समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो ।

त्यस अवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो । विसं २०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन विसं २०७६ बाट प्रबलीकरण (रेट्रोफिटिङ) सुरु गरिएको थियो । दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए ।

समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गरेकामा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिए । त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उनले जानकारी दिए । ‘चैतसम्ममा पुस्तकालय पूरै तयार हुन्छ भन्नेमा आशावादी छौँ’, उनले भने, ‘लगभग ८० प्रतिशत कार्यसम्पन्न भएको छ ।’

यादवका अनुसार पुस्तकालयामा पुरातात्त्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन् । यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन् । यिनको ‘डिजिटलाईज’ गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

पुस्तकालयका विषयमा सभापति शर्मा, सांसदहरू गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा विसी गरी १२ जनाले विभिन्न जिज्ञासा राखेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्

रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी

चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न चितवन आएको एक कम्पनीको गाडीमा भरतपुर महागनरपालिका– ७ का बासिन्दाको एक समूहले आगजनी गरेका

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चङ सोङले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् । भेटको औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले

कुकुर मारेको निहुँमा छोराले गरे बाबुको हत्या

रुपन्देही । पूर्वी नवलपरासीको कावासोती नगरपालिका– ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका

२०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउन सरकार प्रतिबद्ध

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले

Techie IT