Techie IT
२०८१ असार २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालअरनिको राजमार्ग पुनः अवरुद्ध

अरनिको राजमार्ग पुनः अवरुद्ध


काभ्रेपलाञ्चोक । पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ । उनले सडकमा ठूलाठूला खाल्डा र हिलोका कारण निकै कठिनाइ देखिएको बताए । धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त राजमार्ग वर्षाका कारण पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबारदेखि पहिरो जाँदा करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो । सडकको उक्त पहिरो पन्छाई १४ घण्टापछि मङ्गलबार दिउँसो २ बजे दुवैतर्फी सञ्चालन गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वासको मत फेलभएसँगै १९ महिनापछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको आफूप्रतिको विश्वासको मत असफल भएसँगै प्रधानमन्त्री पदबाट मुक्त भएका छन्

प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा पनि बिजुलीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको

हाइप्रोफाइलहरूको फाइल खोल्दा सरकार ढलेको गृहमन्त्रीको दाबी

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् ।

२४ घण्टामा पहिरोमा परी १५ जनाको मृत्यु

काठमाडौँ । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज

संविधान छुनै नहुने विषय होइनः रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान छुनै नहुने विषय नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका

Techie IT