Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसल्यान कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन

सल्यान कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन


काठमाडौं ।कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानको ५० प्रतिशत अनुदान र कृषिउपज बजार सञ्चालक समिति कपुरकोटको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानका प्रमुख भीम पाण्डेले बताए । उनका अनुसार कार्यालयको ढुवानी साधनमा अनुदान कार्यक्रमअन्तर्गत १४ लाख तीन हजार सात सय ५० र समितिको १४ लाख तीन हजार सात सय ५० गरी २८ लाख ७५ हजारमा खरिद गरी कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो ।

कृषकको आय–आर्जनमा वृद्धि गर्न कृषि क्षेत्रलाई व्यवस्थित गर्ने गरी गाउँमा विभिन्न कृषि कार्यक्रमसमेत सञ्चालन गर्दै आएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले बताए । कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको सहज निकासीका लागि पालिकाले पनि दुईवटा साना गाडी खरिद गरेको र ती साना गाडीलाई पनि कृषि एम्बुलेन्सका रूपमा प्रयोग गरिने उनको भनाइ छ ।

कृषिउपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले बजार सञ्चालक समिति र कपुरकोट गाउँपालिकाले कार्यविधि बनाएर यसलाई कार्यान्वयनमा ल्याउने बताए ।

उत्पादित वस्तु खरिदका लागि गाउँपालिकाले पनि पिकअप भ्यान खरिद गरिसकेको बताए । यसले किसानको पहुँच विस्तार भए बारीबाट तरकारी ढुवानी गरी हाटबजार स्थलसम्म पुर्‍याउने र नेपालका ठूला सहरमा समेत तरकारी ढुवानी गरिने बताए ।

बेमौसमी तरकारी उत्पादनले प्रख्यात मानिने कपुरकोटबाट वार्षिक २८ करोडभन्दा बढीको तरकारी निर्यात हुने गरेको छ । यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत तरकारी खेती नै हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT