गृहपृष्ठ ∕
नेपाल ∕
न्युरोडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौँ महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्यो न्युरोडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौँ महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गरेको छ । न्युरोड क्षेत्रमा महानगरपालिकाले शुरु गरेको सडकपेटी (फुटपाथ) विस्तारविरुद्ध वडा नम्बर २२ ले धर्मपथ सडक खण्डमा पालभित्रबाट सेवा शुरु गरेको हो ।
न्युरोडमा फुटपाथ विस्तारविरुद्ध यसअघि २२ नम्बर वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयवासीले विरोध गर्दै आएकामा वडाले दबाब स्वरूप आजदेखि सडकबाटै सेवा शुरु गरेको हो । महानगरले न्युरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको सबै काम सडकबाटै सञ्चालन गर्नै वडाध्यक्ष महर्जनले बताए ।
उच्च अदालत पाटनको आदेशसँगै महानगरले गएको बुधवारदेखि फुटपाथ विस्तारको काम शुरु गरेको थियो । तर अस्ति शुक्रवारदेखि स्थानीयले विरोध गर्दै आएका हुन् ।
यसअघि जेठ ११ गते नै पैदलमार्ग विस्तार थालेको भए पनि सडक विभागले आफ्नो क्षेत्र भन्दै हस्तक्षेप गरेपछि काठमाण्डौ महानगर उच्च अदालत गएको थियो । उच्च अदालतले काठमाडौँ महानगरको पक्षमा अन्तरिम आदेश दिएपछि फेरि काम शुरु भएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास
काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन
ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा