Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाल१८ देशमा राजदूत सिफारिस

१८ देशमा राजदूत सिफारिस


काठमाडौँ । सरकारले ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १८ जनालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । जसमा नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि छन् । तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छन् ।

भारतमा शंकर शर्मा नै सिफारिस भएका छन् । राजदूत शर्मालाई अघिल्लो सरकारले फिर्ता बोलाए पनि वर्तमान सरकारले पुनः सिफारिस गरेको हो ।

यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका र पूर्वसचिव चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिसमा भएका छन् ।

मन्त्रीपरिषदले चीनका लागि कृष्णप्रसाद ओलीलाई राजदूत सिफारिस गरेको छ । ओली यसअघि केपी ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्य थिए। यस्तै जर्मनीमा शैल रुपाखेती,साउदी अरबमा नरेशविक्रम ढकाल,इजरायलमा धनप्रसाद पण्डित,दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा रिता धिताल, अस्ट्रेलियामा कान्ता रिजाल, स्पेन,सनिल नेपाल र मलेसियामा नेत्रप्रसाद तिमिल्सिना सिफारिस भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT