गृहपृष्ठ ∕ नेपाल ∕ कञ्चनपुरमा महिलाको ज्यान लिने बाघ नियन्त्रणमाकञ्चनपुरमा महिलाको ज्यान लिने बाघ नियन्त्रणमा नेपालीपत्र शुक्रबार, २०८१ साउन १८ गते, १३:०३ मा प्रकाशित नेपाल काठमाडौँ । कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहान डार्ट गरेर नियन्त्रणमा लिएको छ ।प्राविधिक टोलीले बाघलाई महिलामाथि आक्रमण गरेकै स्थान दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए । बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ भने कहाँ पठाउने भन्ने विषयमा सल्लाह भइरहेको छ ।बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा दोधाराचाँदनी नगरपालिका–२ बस्ने २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।तत्कालै बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली खटिएको थियो तर बिहीबार दिनभर प्रयास गर्दा पनि सफलता प्राप्त भएको थिएन् । #शुक्लाफाँटा राष्ट्रिय निकुञ्जग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ५ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ६ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ७ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैThe Film Nepal