Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालस्थित बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन

नेपालस्थित बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन


काठमाडौँ । बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न ध्यानाकर्षण गराउँदै नेपालस्थित बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन भएको छ । सोमबार दिउँसो मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाडौं बसुन्धारास्थित बंगलादेशी राजदुतावास अगाडि आधा घण्टा प्रदर्शन गरेको हो ।

सो प्रदर्शनमा मानव अधिकार उल्लंघनका घटनामा निष्पक्ष छानविन गरि दोषीलाई कारबाही गर, शान्ति र सद्भाव कायम गर, अल्पसंख्यक समुदायमाथि आक्रमण र अत्याचार बन्द गर, सद्भाव बिथोल्नेलाई दण्डित गर, स्वतन्त्र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रको रक्षा गर, बंगलादेश स्वतन्त्रता विरोधी कट्टरपन्थीहरुको कृडास्थल नबनोस्, बंगलादेशः उदार लोकतान्त्रिक धारा अवलम्वन गर, अल्पसंख्यकको सुरक्षा गर लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनपश्चात शान्ति समाजका तर्फबाट बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद यूनुसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित बंगलादेशी राजदुत सलाहुद्धिन चौधरीलाई हस्तान्तरण गरिएको थियो ।

पत्रमा–हालै बंगलादेशमा भएको आन्दोलनको परिणाम स्वरुप गठित अन्तरिम सरकारले घृणा र प्रतिशोधको दुष्चक्रबाट बंगलादेशलाई मुक्त राख्दै सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न र आन्दोलनका दौरान भएका मानव अधिकार उल्लंघनका जघन्य घटनाको निष्पक्ष छानविन गरि दोषीहरुलाई कारबाही सुनिश्चित गर्न आग्रह गरिएको छ ।

अहिले पनि बंगलादेशमा हिंसा र अराजकता नरोकिएको घटनाप्रति चिन्ता व्यक्त गर्दै सद्भाव बिथोल्ने र अल्पसंख्यकहरु माथिको आक्रमणका घटनाको निन्दा गरिएको छ । अल्पसंख्यकहरुमाथि भइरहेको आक्रमण र अत्याचार शिघ्र रोक्न, अल्पसंख्यक लगायत सबै बंगलादेशी नागरिकहरुको सुरक्षाको प्रत्याभूति गर्न र शान्ति एवं सद्भाव कायम गर्ने दिशामा ठोस कदम चाल्न शान्ति समाजका तर्फबाट अन्तरिम सरकारलाई आग्रह गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT