Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालसार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्छ: उपराष्ट्रपति यादव

सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्छ: उपराष्ट्रपति यादव


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्रमा सार्वजनिक निकायबाट भएका हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताएका हुन् ।

उपराष्ट्रपति यादवले नागरिकले सूचना माग गरेको अवस्थामा प्रत्येक सार्वजनिक निकाय र कार्यरत पदाधिकारीले तत्कालै उपलब्ध गराउन सक्नुपर्ने बताए । उनले सूचनाको हकलाई विश्वभर सर्वसाधारण नागरिकका लागि आवश्यक अधिकारका रुपमा स्वीकार गरिएको उल्लेख गरे ।

उपराष्ट्रपति यादवले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षले थप सजगता र सक्रियता साथ प्रयास गर्नुपर्नेमा जोड दिए । उनले सूचनाको हकले सरकारी काम, कारबाहीहरुलाई पारदर्शी बनाउने पनि बताए ।

उपराष्ट्रपति यादवले सूचनाको हकले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउँदै भ्रष्टाचार र अनियमिततालाई कम गर्न पनि सघाउने बताए । उनले राष्ट्रिय सूचना आयोगको प्रयासबाट नेपालमा सूचनाको हकले भ्रष्टाचारको खुलासा, सार्वजनिक सेवाहरुमा सुधार, नीतिहरुमा पारदर्शिता, सामाजिक न्याय र सशक्तिकरणमा सहयोग पु¥याएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT