Techie IT
२०८२ कात्तिक २, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालदाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको ज्यान गयो

दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको ज्यान गयो


दाङ । दाङको तुलसीपुरमा रहेको दमार गाउँमा इनार सफा गर्न पसेका दुई जनाको निसासियर ज्यान गएको छ । सफा गर्न इनारभित्र पसेका तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको ज्यान गएको हो ।

उनीहरू बिहान १० बजेतिर इनारमा पस्नुभएको थियो । तर उनीहरूलाई भित्रै अचेत भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी पोस्ट दमार गाउँ, इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोली उद्धारमा खटिएको थियो ।

इनारभित्रै फसेका दुई जनालाई उद्धारपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । बिहान ११ बजेतिर अस्पताल पुर्‍याउनासाथ दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT