Techie IT
२०८३ असोज २३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ नेपाल ∕ उद्योगीसँग बिजुलीको २२ अर्ब उठाउने निर्णय मन्त्रिपरिषदबाटै गर्न प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती

उद्योगीसँग बिजुलीको २२ अर्ब उठाउने निर्णय मन्त्रिपरिषदबाटै गर्न प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती


काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगीसँग बिजुलीको २२ अर्ब रुपैयाँ उठाउने निर्णय मन्त्रिपरिषद् बैठकबाटै गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालबाट नभई क्याबिनेटमा प्रस्ताव लगेर पास गर्न प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिए । प्रधानमन्त्रीले सोध्ने नभई जवाफ दिनुपर्ने दिनुपर्ने उनको भनाइ छ ।

यस्तै प्रचण्डले वर्तमान सरकार माफियाको सेवामा अग्रसर रहेको आरोपसमेत लगाएका छन् । आफूले त्यसको खबरदारीका लागि संसद्मा सम्बोधन गर्नुपरेको उहाँको दाबी छ । वर्तमान सरकार सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको उनकाे जिकिर छ ।

उनले भने, ‘सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । नागरिकभन्दा स्वार्थ समूहहरूको, अझ माफियाहरूको सेवामा अग्रसर छ । त्यसैले अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले आज म यहाँ खबरदारीका निम्ति उपस्थित भएको छु । नागरिकले यो सम्मानित सदनमाथि गरिरहेको विश्वास पनि कमजोर हुने हो कि ? त्यसैले मैले आज यो रोस्ट्रममा उभिने निर्णय गरेँ । अहिले नेपाली कांग्रेस र एमालेका साथीहरू आफू मात्रै मिल्नुभएको छैन । आफैलाई सिध्याउने भनिएका जातीय, क्षेत्रीय प्रकृतिका साना दलहरूलाई पनि कतै फकाएर, कतै तर्साएर सिध्याउने कोशिश गर्दैछन् ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT