Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालमन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

आज साँझ ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको छ। आजको बैठक नियमित भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने जनाइएको छ। मुख्यसचिव लिलादेवि गड्तौला ३५ दिने पदावधि भदौ १५ गते समाप्त हुँदै छ ।

एक महिना अघि मुख्य सचिव बनेकी गड्तौला उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन् ।

अहिले एमाले र कांग्रेसको सरकार भएकाले एमाले–कांग्रेसनिकट सचिवहरूको दौडधुप चलेको छ । मुख्यसचिव प्रधानमन्त्रीकै विश्वास पात्र हुने भएका कारण ओलीले जो चाहन्छन्, त्यो नै मुख्यसचिव बन्ने छन् ।

अहिले मुख्यसचिवको दौडमा राष्ट्रिय योजना आयोगका सचिव डाक्टर तोयानारायण ज्ञवाली, गृहसचिव एकनारायण अर्याल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई प्रतिस्पर्धामा छन् ।

अहिले गृहसचिव एकनारायण अर्यालको सम्भावना बलियो देखिन्छ । एमालेसँग सुरुदेखि नै राम्रो सम्बन्ध भएका अर्यालको सम्भावना बलियो देखिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT