Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालअधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का

अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले बुढीगण्डकी जलविद्युत आयोजना लगायतका अधुरा आयोजना निर्माण सम्पन्न गर्नेगरी अघि बढेको बताए । उनले रानी जमरा कुलरीया सिंचाई प्रणाली नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएको सबैभन्दा ठूलो सिंचाई प्रणाली भएको बताए ।

ऊर्जामन्त्री खड्काले उक्त आयोजनाको वित्तीय प्रगति ७२.३९ प्रतिशत र भौतिक प्रगति ७४।३६ प्रतिशत भएको बताए । उनले उक्त आयोजनामा हालसम्मको कुल खर्च २० अर्ब ५ करोड ३० लाख भएको बताए । उनले यसमा ४.१७ मेगावट विद्युत पनि उत्पादन भर्खरै सम्पन्न भएको भन्दै सम्पूर्ण आयोजनाको ३८ हजार हेक्टरलाई ३ भागमा विभाजन गरेका काम भइरहेको बताए । उनले पहिलो र दोस्रो विश्व बैंकको लगानीमा २० हजार हेक्टर सिंचाई गर्ने थियो त्यसमा १८ हजार थपिएर ३८ हजार ३ सय सिंचाई गर्ने भनिएको बताए ।

ऊर्जामन्त्री खड्काले लामो समयदेखि बुढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयन गर्न सक्दा थन्किएर बसेको बताए । उनले ४३ अर्ब भन्दा बढी लगानी भएको आयोजना रुग्ण भएर बसेको भन्दै सरकारको अधुरा आयोजनाहरु सम्पन्न गर्ने लक्ष्यमा रहेको बताए ।

ऊर्जामन्त्री खड्काले यो आयोजना बन्दै गर्दा बारा पर्साको सिंचाईको समस्या समाधान हुने बताए । उनले वर्तमान सरकारका मन्त्रीमण्डलमा कुनै पनि विवाद र प्रश्न नहुने गरेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT