Techie IT
२०८२ कात्तिक २७, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालशिक्षा मन्त्रालयले शिक्षा दिवसमा विभिन्न पदक पाउनेहरूको नाम सार्वजनिक गर्ने

शिक्षा मन्त्रालयले शिक्षा दिवसमा विभिन्न पदक पाउनेहरूको नाम सार्वजनिक गर्ने


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसमा विभिन्न पदक पाउनेहरूको नाम सार्वजनिक गर्ने भएको छ । असोज २ गते आयोजना हुने राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्या भूषण पाउनेहरूको नाम कार्यक्रम पुस्तिकामा मात्रै प्रकाशित गरिने मन्त्रालयले जनाएको छ ।

उनीहरूको पदक र प्रमाणपत्र वितरण कार्यक्रमको मिति भने पछि तय हुनेछ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नेपाल विद्या भूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्या भूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवं छात्रा पुरस्कारका लागि आवेदन माग गरेको थियो ।

तर, अर्थ मन्त्रालयले पदकका लागि आवश्यक पर्ने बजेट उपलब्ध नगराएपछि यो वर्ष पनि पदक नदिई घोषणा मात्रै गर्न लागिएको हो । गत वर्ष समेत अर्थ मन्त्रालयबाट आवश्यक बजेटको व्यवस्थापन नहुँदा पदक मात्रै घोषणा गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT