Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसभामुखले बोलाएको बैठक निष्कर्षहीन

सभामुखले बोलाएको बैठक निष्कर्षहीन


काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् ।

सभामुख घिमिरेले भने संसद सचिवालयको राय, विगतको अभ्यास सबै हेरेर आफूले निर्णय लिएको बताएका छन् ।

एमाले सचिव योगेश भट्टराईले १२ भदौको बैठकमा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि विवाद सुरु भएको थियो । माओवादीले त्यहीबेला विरोध गरेपछि सभामुख घिमिरेले अध्ययन संसद सचिवालयलाई रुलिङ गरेका थिए ।

सभामुखले २६ गतेको बैठकमा हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएका थिए । माओवादीले फेरि संसद अवरुद्ध गर्‍यो । शनिबार बसेको संसदीय दलको बैठकले माओवादी जनयुद्धको अपमान गरिएको भन्दै अवरोध कायमै राख्ने निर्णय गरेको थियो ।

संसदको बैठक आइतबार १ बजे बोलाइएको थियो । त्यसअघि भएको छलफलमा सभामुख घिमिरेले भने सभामुखको रुलिङ नमान्नु कति न्यायोचित हुन्छ भन्ने ख्याल गर्न आग्रह गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT