Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालचाइनिज पिपुल्स हस्पिटलमा काठमाडौँ महानगरले ताला लगायो

चाइनिज पिपुल्स हस्पिटलमा काठमाडौँ महानगरले ताला लगायो


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा ताला लगाएको छ। महानगरले अनुगमनको क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको हो।

दर्ता नगरेकाले उक्त अस्पतालमा ताला लगाएको नगर प्रहरीले जनाएको छ। सन् २००८ देखि सञ्चालनमा आएको उक्त अस्पताल हालसम्म दर्ता नभएको बताइएको छ। पटकपटक निर्देशन दिँदा पनि नियममा आउन नमानेपछि उक्त अस्पतालमा ताला लगाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ।

स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको मागसहित महानगरले जेठ १७ गते स्वास्थ्य मन्त्रालयलाई ६८ वटा अस्पतालको सूची पेस गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री…

सुर्खेत । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका

बीआरआई नेपालको हितमा छ : प्रचण्ड

काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको

सिरियामा नेपाली शान्ति सेना सुरक्षित: नेपाली सेना

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।

पर्सामा रवि लामिछानेको बयान सुरु

काठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । पर्सास्थित सानोपाइला

घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ

विराटनगर । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ

रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको…

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा स्कर्पियो जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । बालबालिकासहित

Techie IT