Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालशिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत नौ जना पुरस्कृत

शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत नौ जना पुरस्कृत


काठमाडाैँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत नौ जनालाई यसवर्षको ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार–२०८१’ ले सम्मान गर्ने भएको छ ।

१२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो विज्ञप्ती निकालेर यसवर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको हो । उनीहरूलाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।

मन्त्रालयका अनुसार यो वर्ष स्वास्थ्य क्षेत्रतर्फ चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानका वरिष्ठ कन्सल्टेन्ट डा.पवनकुमार हमाल, वातावरणतर्फ काठमाडाैँ विश्वविद्यालयका उपप्राध्यापक डा.नानी राउत, ऊर्जातर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक डा.श्रीराज शाक्य र कृषितर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.माधवप्रसाद पाण्डेय पुरस्कृत भएका छन् ।

उच्च शिक्षा (प्राज्ञिक)तर्फ काठमाडाैँ विश्वविद्यालयका सहप्राध्यापक डा. विराजसिंह थापा र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.विनोद दवाडी, विद्यालय शिक्षातर्फ काठमाण्डौको पृथ्वी नारायण माविका विज्ञान शिक्षक योगेन्द्रप्रसाद बसौला, विज्ञान तथा प्रविधि पत्रकारितातर्फ पत्रकार छत्र कार्की र कर्मचारीतर्फ मन्त्रालयका सीडीई मनिषा महर्जनलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT