Techie IT
२०८२ साउन १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालदशैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान खुल्ने

दशैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान खुल्ने


काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैँमा रात्रिकालिन उडान हुने सबै विमानस्थलहरू बिहान साढे ४ बजे नै खुल्ने जनाएको छ ।

बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाण्डाैसहित मुख्य सुगम विमानस्थल बिहान साढे ४ बजेदेखि नै खुला गर्न लागेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । यो नियम भोलि घटस्थापनादेखि पूर्णिमासम्म लागू हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डाै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्की, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा रातको समयमा पनि उडान गर्न सकिन्छ ।

अहिले आन्तरिक उडान बिहान ६ बजेदेखि राति २ बजेसम्म भइरहेको छ । यसअघि राति १० बजेसम्म मात्रै आन्तरिक उडान हुने गरेकोमा बाढी पहिरोका कारण आइतवारदेखि आन्तरिक उडान राति २ बजेसम्म भइरहेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

अर्घाखाँचीको धनचौरमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । हिजो घाँस काट्न र चिउरी

अवरुद्ध कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

काठमाडौँ । आईतबार बिहानदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । करिडोरअन्र्तगत गुल्मीको कालीगण्डकी गाउँपालिका–१

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

Techie IT