गृहपृष्ठ ∕ जीवनशैली ∕ आदिनाथ मन्दिरमा एक महिने मेला शुरुआदिनाथ मन्दिरमा एक महिने मेला शुरु नेपालीपत्र बिहीबार, २०८१ कात्तिक १ गते, ११:५५ मा प्रकाशित जीवनशैली | नेपाल काठमाडाैँ । काठमाडाैँकाे चोभारडाँडामा रहेको आदिनाथ मन्दिरमा एक महिने मेला आजदेखि शुरु भएको छ । हरेक वर्ष असोज शुक्ल पूर्णिमाका दिन शुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ । मेलामा काठमाण्डौ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्दछन् ।यस मेलामा सहभागी भएमा भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास छ । मेला अवधिभर हरेक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्छ । यस्तै मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती छ ।लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ । मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रूपमा आस्था प्रकट गर्ने गर्दछन् । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रूपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रूपमा आदिनाथलाई पूजा गर्ने गर्दछन् । #आदिनाथ मन्दिरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली ६ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ७ निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छः प्रधानमन्त्रीThe Film Nepal