Techie IT
२०८१ चैत्र ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालगुरुकुल सञ्चालनका लागि मुठीदान अभियान

गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान


गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ ।

विद्यालय नियमित सञ्चालनका साथै आवासीय रूपमा अध्ययनरत विद्यार्थी र अध्यापनरत गुरुहरूको भोजन व्यवस्थापनलाई लक्षित गरी मुठीदान अभियान सुरु गरिएको हो ।

कक्षा ६ देखि १० सम्म सञ्चालित विद्यालयमा पूर्वको सङ्खुवासभादेखि विभिन्न जिल्लाका २९ जना विद्यार्थीका साथै विषयगत शिक्षकहरू आवासीय रूपमा यहाँ बस्दै आएका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले जानकारी दिए।

विद्यालयको अन्य आर्थिक स्रोतहरू नभएका कारण नियमित भोजन व्यवस्थापनलगायत प्रयोजनका लागि मुठीदान अभियान सुरु गरिएको उनले बताए ।

विद्यालयका लागि सरकारबाट वार्षिक रूपमा प्राप्त हुने १० लाख अनुदानबाहेक अन्य कुनै आम्दानी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले राससलाई जानकारी दिए ।

विद्यालयमा शौचालय, भोजनालयजस्ता अत्यावश्यकीय पूर्वाधारको समेत अभाव रहेको अध्यक्ष रेग्मीको भनाइ छ ।

मुठीदान अभियान सञ्चालनका लागि राधाकृष्ण मन्दिर शान्ति आश्रम र विद्यालयको संयुक्त पहलमा अन्नपात्रहरू तयार गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य एवं आश्रमका सचिव घनश्याम खनालले जानकारी दिए। अन्नपात्रलाई मुठीदान (भण्डारी) नाम दिइएको उनले जानकारी दिए।

करिब एक पाथी क्षमताका अन्नपात्र विद्यालयमा सहयोग गर्न इच्छुक महानुभावलाई हस्तान्तरण गरिन्छ । सहयोगदाताले आफ्नो नियमित खाना व्यवस्थापनमा हुने खर्चमध्ये केही छुट्याएर राख्ने र भरिएपछि मन्दिरमा उपलब्ध गराउने गर्दछन् ।

निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका रूपमा यहाँस्थित वृद्धाश्रम र गुरुकुल संस्कृत विद्यालयलाई लिने गरिएको स्थानीयवासी बताउँछन् ।

मन्दिर स्थापनाको पाँच दशकपछि विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ सालबाट राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो । यहाँ कक्षा ६ देखि १० सम्मको अध्ययन–अध्यापन हुँदै आएको छ ।

संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भइरहेको सचिव खनालले जानकारी दिए। यसै क्षेत्रमा गर्ग र च्यवन ऋषिले तपस्या गरेका पौराणिक तथ्यहरूसमेत पाइएका कारण यहाँको समग्र विकासका लागि बृहत् अध्ययन–अनुसन्धान हुनु आवश्यक रहेको लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं गर्ग तथा च्यवन ऋषि आश्रम खोज तथा अनुसन्धान समितिका अध्यक्ष कविराज खनाल बताउँछन्।

ऐतिहासिक भूमिको खोज–अनुसन्धानसँगै यहाँका राधाकृष्ण शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयलगायत धार्मिक एवम् शैक्षिक क्षेत्रका विविधतालाई समेटेर यस क्षेत्रको विकास गर्नुु अपरिहार्य देखिएको अध्यक्ष खनालले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसईईको सबै तयारी पूरा

काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने

नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

Techie IT