Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालगौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान

गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान


काठमाडौँ । कतार एयरवेजले आज बाट भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बाट उडान थाल्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अनुसार कतार एयरवेजले आज देखि भैरहवामा दैनिक उडान भर्न लागेको हो । कतारले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवा बाट गर्नेछ । कतार एयरवेजको भैरहवाका ३० नोभेम्बर सम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ ।

ठूला एयरलाइन्स कतार सँगै फ्लाई दुबई, थाई एयर एशिया, जजीरा लगायत अन्तरराष्ट्रिय एयरलाइन्सको भैरहवा बाट उडान गरिरहेका छन् । यो सहित मुलुकको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या ५ पुगेको छ ।

त्रिभुवन विमानस्थल मर्मत शुरु हुनु अघि कतारले काठमाडौंमा दैनिक ४ उडान भर्दै आएको थियो । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा धमाधम अन्तरराष्ट्रिय उडान भइरहेको छ । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम जजीरा एयर र फ्लाई दुबईले अन्तरराष्ट्रिय उडान सञ्चालन गरिरहेका छन ।

गौतमबुद्ध विमानस्थल बाट पहिलो पटक यही कात्तिक १४ गते एकै दिन तीनवटा अन्तरराष्ट्रिय उडान सञ्चालन भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT