Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसिनामंगलको होटलमा मृत भेटिए युवायुवती

सिनामंगलको होटलमा मृत भेटिए युवायुवती


काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् ।

आइतबार बिहान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

दुई जना चौथो तलाको बरण्डामा मृत फेला परेका हुन् ।

उनीहरूको पासपोर्ट प्रहरीले फेला पारेको छ । मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी छन् ।

शनिबार साँझ पौने ७ बजे उनीहरू कोठा नम्बर १२० मा बसेका थिए । दुबै जना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। फरेन्सिक टोली पनि पुगेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT