Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्रीसँग ८७ जना चीन जाने

प्रधानमन्त्रीसँग ८७ जना चीन जाने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । यहि मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति सहभागी हुने भएका हुन् ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको स्रोतले जानकारी दियो । प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा छन् ।

त्यस्तै कांग्रेस सांसदहरु अर्जुननरसिंह के.सी, र श्यामकुमार घिमिरे, एमाले सांसद लिलानाथ श्रेष्ठ र बिजुला रायमाझी, माओवादीबाट रेखा शर्मा पनि भ्रमण दलमा छन् । सांसदहरु बीरेन्द्रप्रसाद महत्तो, दीपक कार्की, सर्वेन्दरनाथ शुक्ला र रन्जिता श्रेष्ठ पनि भ्रमण टोलीमा छन् ।

मुख्यसचिव एकनारायण अर्याल, अर्थसचिव डा. रामप्रसाद घिमिरे, कामु परराष्ट्र सचिव अमृत बहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पनि भ्रमण दलमा सहभागी छन् । मदन भन्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष सहप्राध्यापक पद्मसुन्दर जोशीलाई पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा समावेश गरिएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य पनि भ्रमण टोलीमा परेका छन् । परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल पनि भ्रमण टोलीमा परेका छन् ।

शिष्टाचार अधिकृत ऋचा भट्टराई, शाखा अधिकृत जानकी ओझा, सुजन लामीछाने, शिष्टाचार सहायक विनोद खनालको नाम पनि भ्रमण टोलीमा परेको छ । प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र परराष्ट्र मन्त्रीकी निजी सहयोगी अनिता सिंह पनि चीन जाँदै छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT