Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘जिम्मेवारी पूरा गर्दा सुविधा आफैं प्राप्त हुन्छ’

‘जिम्मेवारी पूरा गर्दा सुविधा आफैं प्राप्त हुन्छ’


काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवालाई सुविधाका रुपमा नभइ जिम्मेवारीका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले बुधबारदेखि सुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्नुहुँदै उहाँले निजामती सेवा सुविधा नभइ जिम्मेवारी भएको बताएका हुन् । कर्मचारीले इमानदार भएर आफ्नो जिम्मेवारी पूरा गरे सुविधाहरू आफैं प्राप्त हुने उनको भनाइ छ ।

‘निजामती सेवा भनेको जिम्मेवारी हो, सुविधा होइन भन्ने बुझ्नु आवश्यक छ,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘तपाइँहरूले पनि जिम्मेवारीलाई प्राथमिकतामा राख्नु होला । पहिला जिम्मेवारी पूरा गरौँ । सुविधा आफैं प्राप्त हुन्छ ।’ कर्मचारीहरूले गर्ने कामसँग देशको गरिमा जोडिएको भन्दै उनले राम्रो काम गरेमा सबैले सम्मान प्राप्त गर्ने बताए ।

कर्मचारी प्रशासनको क्षेत्रमा अनेक समस्या रहेको र ती समस्या समाधान गर्न देशले इमान्दार र लगनशील कर्मचारी खोजिरहेको चर्चा गर्नुहुँदै मन्त्री गुप्ताले सामुहिक प्रयासबाट मात्रै ती समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । त्यसका लागि नवनियुक्त शाखा अधिकृतहरूमा टिकाउ अठोट र दृढ आत्मविश्वास विकास हुनुपर्नेमा जोड दिए । ‘हामीले नागरिकमा सरकार र सार्वजनिक सेवाप्रति भरोसा बढाउनु छ । त्यसका लागि हामीले हाम्रो व्यवहार सुधार गर्नुपर्छ । नागरिकलाई सम्मान गर्नुपर्छ,’ उनले भने ।

मन्त्री गुप्ताले लोकसेवाको परीक्षा पास गरे पनि कर्मचारीहरूले वास्तविक परीक्षा कार्यस्थलबाट दिनुपर्ने स्मरण गराए । ‘तपाइँहरूले कापीमा लेख्ने परीक्षा पास गर्नु भएको छ । त्यो वास्तविक परीक्षा होइन । वास्तविक परीक्षा अब सुरू भयो । यो परीक्षामा दैनिक पास हुनुपर्छ । त्यसको जाँच नागरिकले लिन्छन् । म आशा गर्छु तपाइँहरू सफल हुनुहोस् । शुभकामाना पनि छ,’ उनले भने ।

कर्मचारीहरूको क्षमता विकास गर्न, आत्मवविश्वास बलियो बनाउन र सबैलाई निजामती सेवाप्रति प्रतिवद्ध बनाउन ‘आधारभूत प्रशासन प्रशिक्षण’ अत्यन्तै महत्वपूर्ण हुने उनको भनाइ छ । मन्त्रालयले यो तालिमलाई सफल बनाउन पूर्ण सहयोग गर्ने विश्वास पनि उनले व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा यो तालिमलाई अझै उच्चस्तरीय बनाउन प्रतिष्ठानसँग निरन्तर छलफल गरिरहेको जानकारी दिनुहुँदै उनले क्रमिक रूपमा सुधार गर्दै लैजाने बताए ।

‘तालिम अवधिभरि यहाँका नियमहरू पालना गर्नु होला । तालिममा पूर्ण ध्यान दिनु होला र सकेसम्म धेरै सिक्ने प्रयास गर्नु होला । प्रतिष्ठानले पनि तालिमलाई राम्रो बनाउन ध्यान दिनुहोला,’ मन्त्री गुप्ताले भने ।

‘कर्मचारीहरू नेता बोकेर सिंहदरबार धाउँछन्’

यसैगरी सो कार्यक्रममा मन्त्री गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका हुन् । कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको उनको भनाइ छ ।

सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उहाँले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको समेत बताए । ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ,’ मुख्यसचिव अर्याललाई ध्यानाकर्षण गराउनुहुँदै मन्त्री गुप्ताले भने, ‘मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै ‘परिसान’ छु ।’

अब आउने ३९औँ ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहो¥याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ । ‘कमसेकम तपाइँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाइँहरू गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

हेटौँडामा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा १

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने

Techie IT