Techie IT
२०८२ असोज २३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या

बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या


बैतडी । दोगडाकेदार गाउँपालिकाको वडा नं २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ । गाउँपालिकाले ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरेपनि ती गाउँमा खानेपानी समस्या जारी रहेको छ ।

तीगाउँका तीन सय घरपरिवारले बाह्रै महिना खानेपानीको समस्या भोग्दै आएको स्थानीयवासी करनसिंह भाटले जानकारी दिए । तत्कालीन समयमा एसियाली विकास बैंक (एडिबी) का सहयोगमा बनेको खानेपानी योजना जीर्ण बनेपछि यहाँ बाह्रै महिना खानेपानीको समस्या हुने गरेको उनले बताए । उनले भने, “खानेपानीका लागि निकै समस्या छ । एडिबीले बनाइदिएको खानेपानी योजना जीर्ण भयो, परम्परागत पानीका कुवा सुकेका छन् । यहाँ बाह्रै महिना खानेपानीको हाहाकार हुने गरेको छ ।”

एडिबीको सहयोगमा २०५२ सालमा यहाँ खानेपानी योजना निर्माण भए पनि हाल भने जीर्ण भएको उनले बताए । दोगडाकेदार गाउँपालिकाले अन्य बस्तीमा ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरे पनि यहाँको समस्या समाधानका लागि भने कुनै चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ ।

गाउँमा भएका पानीका मुहान सुकेपछि बडियावासी एक गाग्री पानीका लागि दिनभरि भौँतारिने गरेका छन् । खानेपानीको बाह्रै महिना समस्या हुने गरेको अर्का स्थानीयवासी लोकेन्द्र विष्टले बताए । उनले भने, “बडिया र कणेलीगाउँवासीका दुःख भनेको खानेपानी हो । यो समस्या समाधानका लागि कुनै ठाउँबाट पहल हुनसकेको छैन ।”

खानेपानीका लागि घण्टौँ लगाएर ल्याउनुपरेको स्थानीयवासी रघुवीर भाटले बताए । उनले भने, “खानेपानीका लागि घण्टौँ लाइन बसेर भर्नुपर्छ । पानी भर्नमै रातदिन बित्ने गर्छ ।” बडियामा खानेपानी पुर्‍याउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि लिफ्ट खानेपानी योजना शुरु गरे पनि अधुरै रहेको छ । उक्त योजनाले बजेट अभावका कारण अहिलेसम्म पूर्णता नपाएको हो । बजेट अभावका कारण बडियामा पाँच वर्षदेखि लिफ्ट खानेपानी अलपत्र पर्दा यहाँका नागरिकलाई समस्या भएको दोगडाकेदार–२ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताए ।

उनले भने, “प्रदेश सरकारले निर्माण गरिरहेको लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि यहाँका नागरिकलाई राहत हुने थियो । हाल भने खानेपानीको निकै समस्या छ ।”

बजेट बढेर आउनुको सट्टा घटेर आउँदा लिफ्ट खानेपानी निर्माणको काम वर्षौँसम्म सम्पन्न हुन नसकेको वडाध्यक्ष भट्टको भनाइ छ । उनले भने, “योजना निर्माणका काम क्रमागत रूपमा चलिरहेको छ । आगामी वर्ष सम्पन्न हुने आस छ ।”

बडियामा खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले पाँच वर्षअघि तीन करोड ९६ लाखमा लिफ्ट खानेपानी योजना निर्माण शुरु गरेको डिभिजन खानेपानी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख गोविन्दप्रसाद देवकोटाले उक्त योजनाको काम अन्तिम चरणमा पुगेको बताए । उनले भने, “उक्त योजना चारवटा ‘स्किम’मा काम भइरहेको छ । यसमध्ये तीनवटा ‘स्किम’ लिफ्ट प्रविधिको भएकाले मोटर चलाउन विद्युत्का पोल गाडेर तार तान्ने काम पूरा भएको छ । निर्माण सम्पन्नका लागि केही समय अझै लाग्छ ।”
रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT