Techie IT
२०८२ भदौ ९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक: उपप्रधानमन्त्री सिंह

सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक: उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्नसक्ने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित सुन्दर भूमि आन्तरिक र वाह्य बसाईको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको बताए ।

इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाहरुको साथ खोजिरहेको उल्लेख गरे । सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई युवाले छोडेर नजाने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री सिंहले युगको नायक युवा नै भएको बताउँदै पछिल्लो जनगणना अनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहका जनसंख्या ४२.५८ प्रतिशत रहेको बताए । युवालाई नेतृत्व विकास, उद्यमशिलता, स्टार्टअप मार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याण्कारी कार्यमा संलग्न गराउन सरकार प्रतिवद्ध रहेको बताए ।

उपप्रधानमन्त्री सिंहले समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा आवश्यक रहेको बताए । सिर्जना र साधनको श्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पुर्‍याउन तत्पर रहने विश्वास व्यक्त गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय

Techie IT