Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालयोगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यकः मन्त्री शर्मा

योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यकः मन्त्री शर्मा


देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यक रहेको बताएकी छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दाङको आयोजनामा गत जेठ २७ देखि आजसम्म घोराहीमा भएको योग जागरण अभियानअन्तर्गत सप्ताहव्यापी निःशुल्क राष्ट्रसेवक विशेष योग विज्ञान शिविर समापन समारोहलाई सम्बोधन गर्दै उनले योग साधना स्वस्थ जीवनको पर्याय भएकाले हरेक व्यक्तिमा योगको महत्व र ज्ञान फैलाउनुपर्नेमा जोड दिइन् ।

“समाजका हरेक गतिविधिलाई सकारात्मक रुप दिनका लागि साधना अत्यन्तै आवश्यक हुन्छ कतिले यसको मर्मबोध गरेर आफ्नो व्यस्त समयका बाबजुद पनि यसलाई लागू गरेका छौँ”, मन्त्री शर्माले भनिन्, “कतिपयले यसका बारेमा जानकारी पाएर वा नपाएर लागू गर्न सकेका छैनौँ तर हामी सबैले योग साधना नियमितरुपमा गर्न सकेमा जीवनलाई सहज र सरल बनाउन सम्भव हुने देख्छु ।”

राजनीतिक क्षेत्र, कर्मचारी क्षेत्र, प्रहरी प्रशासनलगायत क्षेत्रमा कार्यरत व्यक्ति योग साधनामा सहभागी हुन अझ आवश्यक रहेको उनले जिकिर गरिन् । योगले सकारात्मक ऊर्जा प्रदान गर्ने हुँदा जिम्मेवार निकायमा रहेकाले प्रदान गर्ने सेवाको परिणाम अझ परिस्कृत र प्रभावकारी हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् ।

“हाम्रो समाजमा आफूलाई मन पर्ने कुरामा समर्थन गर्ने तर उसले गल्ती गर्यो भने खबरदारी गर्नसक्ने हिम्मत राख्दैनौँ । अरुले गरेका राम्रा र असल कामलाई समर्थन वा धन्यवाद दिन पनि हामी हिच्किचाउँछौँ । यसरी दृष्टिकोण बन्नु विल्कुलै बेठीक हो । समाज र राष्ट्रको हित हुने काम जसले गरेको भए पनि हौसला दिन कञ्जुस्याइँ गर्नुहुँदैन”, मन्त्री शर्माले भनिन्, “जिम्मेवार ठाउँमा बसेका वा जिम्मेवारी लिएकाबाट अझ यसखालका प्रवृति देखिनुहुँदैन । सोच सकारात्मक बनाउन र समाजको हीतका पक्षमा लाग्न योगको महत्व राजनीति गर्नेले, कर्मचारी, प्रहरी प्रशासनका व्यक्तिले अझ धेरै बुझ्नुपर्छ भन्ने म ठान्दछु ।”

सङ्गठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, पतञ्जलि योग समिति दाङका जिल्ला प्रभारी उदयबहादुर डाँगी, नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज गोकर्ण वलीलगायतले योगको बारेमा चर्चा गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT