Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालदाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना यात्रु गम्भीर घाइते

दाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना यात्रु गम्भीर घाइते


दाङ। दाङको तुलसीपुरबाट रोल्पाको गङ्गादेव गाउँपालिकाको ओततर्फ जाँदै गरेको रा१ज ५५६ नम्बरको यात्रुबाहक जीप तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ। साथै सो दुर्घटनामा परेर ६ जना यात्रु गम्भीर घाइते भएका छन्।

मृत्यु हुने चालकमा गङ्गादेव–१ निवासी ३२ वर्षीय विष्णु पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। जीपमा १० यात्रु सवार थिए। अन्य यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक मल्लले बताए।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका छ जनामध्ये चारलाई बाँकेको कोहलपुर अस्पतालमा लगिएको छ। अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

आज बिहान ११ः३० बजेतिर सो जीप सडकबाट ६० मिटर तल खसेको थियो। दुर्घटनालगत्तै उद्धारका लागि प्रहरी र स्थानीय पुगेका थिए। गाडी तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT