Techie IT
२०८२ असार ४, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालमादी नदी नियन्त्रणः पहिलो र दोस्रो चरणको निर्माण सुरु

मादी नदी नियन्त्रणः पहिलो र दोस्रो चरणको निर्माण सुरु


दमौली । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो प्याकेज (चरण)को निर्माण सुरु भएको छ ।

पहिलो चरणप्याकेजअन्तर्गत सिसाघाटदेखि चिन्तुटार र दोस्रो प्याकेजमा गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्ध लगाउने काम भइरहेको छ । अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३, ७ र १० मा पर्ने मादी नदी नियन्त्रणका लागि निर्माण तीव्र गतिमा भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

प्याकेज–२ अन्तर्गत तल्लो भतेरी खण्डमा काम भइरहेको कार्यालयका प्राविधिक एवम् सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए । उनका अनुसार नदी कटानले गर्दा यस क्षेत्रका केही बस्ती जोखिममा परेका थिए । उक्त नदी आसपासमा रहेका बस्तीको जोखिम न्यूनीकरण गर्न तटबन्धन निर्माणले राहत पुग्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म नदी नियन्त्रणका लागि तटबन्धन निर्माण ३० प्रतिशत सम्पन्न भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले बताए ।

आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने गरी सिद्धान्त अमनले कम्पनीले रू आठ करोड ६३ लाखमा प्याकेज–१ र रू नौ करोड ३५ लाखमा प्याकेज–२ निर्माणको ठेक्का लिएको उनले जानकारी दिए । उनका अनुसार सङ्घ विशेष अनुदान कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट बजेट विनियोजन गरेको थियो ।

प्याकेज–२ अन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दूरीमा ग्याबिन वाल सहितको बाँध निर्माण कार्य अन्तिम चरणमा पुगको छ ।

त्यस्तै, गत वर्ष मादी नदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादी नदी किनारमा ग्याबिन वाल सहितको बाँध निर्माण गरिएको छ । समुन्द्री सतहबाट करिब चार मिटर उचाइको ग्याबिन वाल लगाइएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका

धरान । धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

Techie IT