गृहपृष्ठ ∕ नेपाल ∕ बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रहबूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह नेपाली पत्र सोमबार, २०८० असार ४ गते, १६:१६ मा प्रकाशित नेपाल काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न आग्रह गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पाण्डेले भारत र बङ्गलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनुपर्नेमा जोड दिए ।रु दुई खर्ब ६० अर्ब लाग्ने सो आयोजना धादिङ र गोरखाको सिमानामा छ । कूल एक हजार दुई सय मेगावाट क्षमताको उत्पादन हुने सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको छ ।बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पाण्डेले मुलुक विद्युत् उत्पादनको महत्वपूर्ण चरणमा पुगेको अवस्थामा उत्पादन, वितरण र बिक्रीको समग्र योजना बनाउन पनि माग गरे। उनले ठूला सिँचाइ आयोजना सफल हुन समय लागेकाले साना सिँचाइ आयोजनालाई पनि महत्व दिन र मधेसमा नदी कटानलाई व्यवस्थित गर्न पनि आग्रह गरे । #उपाध्यक्ष राजेन्द्र पाण्डे #बूढीगण्डकी जलविद्युत् आयोजनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउकाठमाडाैँ । वैदेशिक रोजगारीमा बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाकाठमाडौं । उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ महोत्तरीमा विपन्न विद्यार्थीलाई पढाउन विभिन्न सङ्घसंस्थाको सहयोगकाठमाडाैँ । महोत्तरीको बर्दिबासमा रहेका विभिन्न सङ्घसस्थाले विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेका छन् । बर्दिबासमा रहेको पद्मशम्शेर स्मृति प्रतिष्ठान र २० वर्ष कैदको फैसला भएका फरार प्रतिवादी १८ वर्षपछि पक्राउरुपन्देही । रुपन्देहीमा १८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । रुपन्देही साविक सिलौटिया गाविस वडा आलु र भाङको बजारीकरण गर्दै निसीखोला गाउँपालिकाबागलुङ । निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा जोड दिन थालेको छ । चालु आर्थिक वर्षदेखि प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटनपाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।धेरै पढिएका खबर १ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक ४ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ५ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ६ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ७ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउThe Film Nepal