Techie IT
२०८१ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालपोखरामा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै


पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक आज बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।

सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए । “उडानको सबै तयार पूरा भइसकेको छ, यात्रुहरुको स्वागतका लागि संक्षिप्त कार्यक्रम राखिएको छ”, उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको हो । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन् ।

जहाजबाट एक सय ३५ जना यात्रु पोखरा ओर्लने विमानस्थलका सूचना अधिकारी अधिकारीले बताउनुभयो । उक्त जहाज बुधबार नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ । पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै हुँदै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बसन्तपुरबाट बालेनका समर्थक प्रहरी नियन्त्रणमा

काठमाडौँ । इन्द्रजात्रा विशेष कार्यक्रममा सहभागी एक हुल युवायुवतीलाई प्रहरीले समारोहस्थलबाट नियन्त्रणमा लिएको छ । काठमाडौँको वसन्तपुरमा आयोजित इन्द्रजात्रा विशेष

१५० किलो गाँजासहित २ जना पक्राउ

महोत्तरी । प्रहरीले रामगोपालपुर नगरपालिका– ५ बाट १५० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्रा गरेको छ । धादिङ धुनीबेँसी नगरपालिका–६

रास्वपाले आफ्नो नेतृत्वको सरकार नबनाएसम्म समस्याको समाधान हुँदैनः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूलाई निरन्तर प्रहार भइरहेकाले त्यसको सामनाका लागि तयार रहन नेता–कार्यकर्तालाई

उपसभामुख राना रुसतर्फ प्रस्थान

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका निम्ति आज रुसतर्फ प्रस्थान गरेकी छन् । रुसको सेन्टपिटर्सवर्गमा यही असोज २

यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा ८ वटा छावा थपिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा ८ वटा छावा (हात्तीको बच्चा) थपिने भएका

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

तनहुँ । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आर्थिक वर्षमा मलको

Techie IT