Techie IT
२०८० फागुन ११, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो

ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो


ताप्लेजुङ । ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याइएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो ।

कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।

मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सयभन्दा बढी परिवार स्थानीय निलगिरि माध्यमिक विद्यालयमा आश्रय लिएर बसेको स्थानीय कमल कडरियाले जानकारी दिए ।

शनिबारदेखि वर्षासँगै आएको बाढी र पहिरामा परी उक्त ठाउँका तीन जनाको ज्यान गएको छ भने एकै परिवारका तीन बेपत्ता छन् । पहिराले स्वास्थ्य चौकीको भवन नै पुरेपछि औषधि अभाव भएको छ । केही औषधि पुरिएकै ठाउँबाट निकालेर घाइतेको प्राथमिक उपचार गरिएको थियो ।

यसैबीच मृतकका परिवार तथा आफन्त र बाढी पहिराबाट प्रभावित अन्य परिवारलाई क्षतिको विवरण हेरी मापदण्डअनुसार राहत उपलब्ध गराउन पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

मङ्गलबार बसेको बैठकले राहत र उद्धारका लागि विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन आग्रहसमेत गर्ने निर्णय गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर

राजनीतिक हस्तक्षेप दोहोरिए त्रिवि सुधार्न सकिँदैन: उपकुलपति बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक हस्तक्षेप भएमा प्राज्ञिक क्षेत्रलाई सुधार्न नसकिने बताएका छन् । शुक्रबार

राष्ट्रिय सभाबाट विधायनसम्बन्धी विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत

ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ । ढुङ्गाले लागेर ताप्लेजुङमा आज दिउँसो एक जनाको ज्यान गएको छ । सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनमा गोरेटो बाटो बनाउने क्रममा

सडकमै सुते सिंहदरबार जान नपाएपछि मिटरब्याज पीडित

काठमाडौँ । न्याय खोज्दै पुनः काठमाडौँ आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ । भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका

मोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका– ४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

Techie IT