Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालरोपाइँ गर्न ढिलाइ

रोपाइँ गर्न ढिलाइ


गोरखा । ढिलोगरी मनसुनी वर्षा भएका कारण जिल्लामा रोपाइँ गर्न ढिलाइ भएको छ । “अहिलेसम्मको अवस्था हेर्दा जिल्लाभित्र करिब एक हजार दुई सय ६० हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएकोे छ”, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले भने, “मनसुनी वर्षाको आवश्यक नपर्ने खेतमा धमाधम रोपाइँ भए पनि आकाशे पानीको भर पर्नुपर्ने खेतमा रोपाइँ बल्ल सुरु हुन थालेको हो ।”

अघिल्लो वर्ष यतिबेला जिल्लाभित्र २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । “पोहोर यतिबेला झन्डै बाइस प्रतिशत क्षेत्रफल जमिनमा रोपाइँ भइसकेको थियो”, उनले भने, “अघिल्लो वर्षको तुलनामा जिल्ला यस वर्ष रोपाइँमा ढिलाइ भएको छ ।”

मुख्य गरी दरौदी करिडोर क्षेत्रका फाँट तथा खेतमा भने आकाशे पानी नपर्दै पनि रोपाइँ गर्नका लागि पानीको अभाव नहुने भएकाले ती क्षेत्रमा रोपाइँ भइसकेको उनको भनाइ छ । “आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा मनसुनी वर्षा नभएसम्म रोपाइँ गर्न सक्ने अवस्था हुँदैन”, प्रमुख अधिकारीले भने, “जहाँ सिँचाइको सुविधा तथा पर्याप्त पानीको सुविधा छ ती क्षेत्रमा मात्र रोपाइँ सकिएको हो ।”

जिल्लाको दक्षिणी भू–भागमा धेरैजसो बर्खे धानखेती हुने गरेको केन्द्र प्रमुख अधिकारीले बताए । यहाँका खेतीयोग्य जमिनमध्ये जिल्लाको ३५ प्रतिशत भू–भागमा मात्र धानखेती हुने उहाँको भनाइ छ । “धानखेती हुने जमिनमध्ये पनि करिब ३८ प्रतिशत खेतमा मात्र सिँचाइको सुविधा पुगेको छ”, उनले भने, “बाँकी जमिनमा रोपाइँ गर्न भने आकाशे पानीको भर पर्नुपर्ने बाध्यता गोरखाका किसानको छ ।”

केही दिनदेखि वर्षा सुरु भएकाले सबैतिर रोपाइँ गर्न सुरु भइरहेको उनले बताए । गोरखा जिल्लामा करिब १० हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । कार्यालयले जिल्लाभित्रका सबै पालिकासँग नियमितरूपमा धान रोपाइँको तथ्याङ्क लिएर मन्त्रालयमा जानकारी गर्ने काम भइरहेकोसमेत उनले बताए ।

जिल्लामा किसानले सावित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, महाराजा, च्याम्पियन, युस–३१२ जातका धान रोप्ने गरेको उनले बताए । पछिल्लो समयमा किसानले अन्य केही उन्नत जातको धानका बीउ पनि लगाउन सुरु गरेका छन्”, केन्द्र प्रमुख अधिकारीले भने, “खेती प्रणालीमा यान्त्रिकीकरणको प्रयोग पनि पछिल्लो समय बढ्दै गएको छ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT