Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालहावाको स्वच्छताका लागि उपलब्ध उपायको इमान्दार कार्यान्वयनमा जोड

हावाको स्वच्छताका लागि उपलब्ध उपायको इमान्दार कार्यान्वयनमा जोड


काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँमा बढेको वायु प्रदुषण नियन्त्रणका लागि पहल गर्नुपर्ने बताएकी छन्। काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबार आयोजना गरेको ‘वायु गुणस्तर व्यवस्थापन तथा सुशासन’ विषयक अन्तरक्रियामा सहरी विकास र व्यवस्थापन आचरणमा कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

अन्तरक्रियामा उपप्रमुख सुनिता डंगोलले, स्वच्छ र स्वस्थ्य सहरका लागि महानगरले नीति निर्माण गरेको, नीति अनुसारका कार्यक्रमका लागि बजेट तर्जुमा गरिएको जानकारी दिइन्। ‘यो प्राविधिक र वहुपक्षीय विषय भएकोले सम्बन्धित निकाय र अधिकारीहरुबाट प्राविधिक सहयोग लिनुपर्ने हुन सक्छ। यसका लागि महानगर सहकार्य गर्न तयार छ’, उपप्रमुख डंगोलको भनाइ थियो।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, स्वअनुगमन प्रणाली विकास गरिनु पर्ने बताए। वातावरण विग्रिँदै गएको छ, यसले आफैँलाई नोक्सानी गर्दैछ भने व्यक्ति आफैँले पनि अनुभूति गर्न सक्छ। यसको सुधारका लागि कसैले भनिरहनु पर्दैन। आफैँले व्यवहार सुधार गर्न सकिन्छ। उनको भनाइ थियो।

अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै वातावरणविद भुषण तुलाधरले, काठमाडौँ उपत्यकाभित्र १ सय वटाभन्दा धेरै उद्योग रहेको तर ती सबैभन्दा सवारी साधनबाट उत्सर्जन हुने धुवाँ र फोहोर बाल्ने आचरण वायु प्रदुषणका लागि जिम्मेवार रहेको बताए। उनकाअनुसार विश्वभर वायु प्रदुषणका कारण वार्षिक रुपमा ७० लाख मानिस मर्छन्। नेपालमा ४२ हजार १ सय र काठमाडौँमा मात्र ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदुषण हो।

निर्माण सामाग्री र सवारीबाट उत्पादन भएको प्रदुषक तत्वमा पाइने नाइट्रोजन अक्साइड, कार्वन मोनोक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेट सल्फर, एमोनियाँ, धातुको टुक्रा, कार्वन तथा प्लाष्टिकका टुक्रा समेत पाइने गरेका छन्। यी तत्व एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सक्छन्। यस्तै मानिसको फोक्सोसम्म सजिलै पुग्न सक्छन्।

वायु प्रदुषण पिएम २.५ मा मापन हुन्छ। यो भनेको धुलाका अत्यन्त मसिना कण भन्ने हो। जुन मानव कपालको व्यास भन्दा पनि साना एकाइका हुन्छन्। पीएम १० भन्दा ठूला कणहरु सरिरभित्र पस्न सक्दैनन्। पीएम १ भन्दा साना कण फोक्सोमा पुग्न सक्छन्। यसभन्दा साना कणहरु रगतमा समेत मिसिने खतरा हुन्छ। यसैकारण वायु प्रदुषण वातावरणीय मात्र होइन जनस्वास्थ्यजन्य समस्या पनि हो।

अन्तरक्रियामा वायु प्रदुषण सम्बन्धी कानुनी प्रबन्ध, नागरिक समाजको बुझाइ, साझेदारको सम्लग्नता, महानगरपालिकाका प्रयासलगायत विषयमा प्रस्तुति गरिएको थियो।

प्रस्तुतिसँगै समूहगत कार्यशालाबाट प्रदुषण नियन्त्रणको योजना अभ्यास गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT