Techie IT
२०८१ चैत्र १३, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालपाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ


बाँके । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् ।

डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो । छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा रु पाँच लाखदेखि रु १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए । चारै जनाबारे थप अनुसन्धन डिभिजन वन कार्यालय गरिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चितवनमा राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि

चितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ

प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठक बाट प्रधानमन्त्री ओलीको भ्रमण

रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न

मन्थली । यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३ सय बढी सेवाग्राहीले सेवा लिएका छन्

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर

खोटाङ । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार

डगमरामा स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर

काठमाडौं । दाङको राजपुर गाउँपालिका–७ को डगमरामा अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ । राजपुर गाउँपालिका

Techie IT