Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालगण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७

गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७


कास्की । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७ रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्र्तगतका जिल्लाको जनसङ्ख्या २४ लाख तीन हजार सात सय ५७ थियो ।

तथ्याङ्क कार्यालय कास्कीले मङ्गलबार पोखरामा एक कार्यक्रमको आयोजना गरी प्रदेशका ११ जिल्लामा रहेको जनसङ्ख्याको तथ्याङ्क सार्वजनिक गरेको हो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ । जस अन्तरगत पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ अर्थात ४८.८७ प्रतिशत छ, भने महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात ५१.१३ प्रतिशत रहेको छ ।

जनगणनाअनुसार गण्डकी प्रदेशका ११ जिल्लामा पुरुषको सङ्ख्या ११ लाख ७० हजार आठ सय ३३ अर्थात ४७.४७ प्रतिशत छ भने महिलाको सङ्ख्या १२ लाख ९५ हजार पाँच सय ९४ अर्थात ५२.५३ प्रतिशत रहेको छ ।

जनगणनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै जनसङ्ख्या कास्कीमा छ लाख ५१ जना छ भने सबैभन्दा कम जनसङ्ख्या मनाङ जिल्लामा पाँच हजार छ सय ५८ जना छ । जनधनत्वको हिसाबमा पनि कास्की जिल्लामा २९५ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम मनाङमा तीन जना प्रतिवर्ग किलोमिटरमा बसोबास गर्छन् ।

पछिल्लो मतगणनाको नजिता प्रस्तुत गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले गण्डकीका ११ जिल्लामध्ये कास्कीमा वार्षिक जनसङ्ख्या वृद्धिदर १.९० प्रतिशत र सबैभन्दा कम मनाङमा वार्षिक वृद्धिदर माइनस १।३९ प्रतिशत रहेको जानकारी दिए ।

लैङ्गिक अनुपातमा गण्डकी प्रद्ेशमा प्रति सय जना महिलामा पुरुषको सङ्ख्या ९०.३७ छ । लैङ्गिक अनुपातमा गण्डकी प्रदेशको मनाङ जिल्लामा एक सय जना महिलामा पुरुषको सङ्ख्या सबैभन्दा धेरै १२९.४४ छ । भने सबैभन्दा मक स्याङ्जा जिल्लामा एक सय महिलामा ८५.५७ जना पुरुष छन् ।

दश वर्षको अवधिमा नेपालकमा सबैभन्दा कम जनसङ्ख्या वृद्धिदर र परिवर्तन गण्डकीमा ०.२५ प्रतिशतले भएको छ भने सबैभन्दा वढी वृद्धिदर लुम्बिनी प्रदेशमा १३.८४ प्रतिशतले भएको छ ।

गण्डकी प्रदेश अन्तर्गत औषत परिवार सदस्य सङ्ख्या सबैभन्दा वढी नवलपुरमा ४।०३ जना र सबैभन्दा कम गोरखामा ३ं ४९ जना तथ्याङ्कले देखाएको छ । नेपालभरी परिवारमा अनुपस्थित जनसङ्ख्या अर्थात विदेशमा रहेका मानि २१ लाख ९० हजार पाँच सय ९२ जना छन् भने विस २०६८ को जनगणनामा विदेशमा हुने सङ्ख्या १९ लाख २१ हजार चार सय ९४ जना थियो । नेपालमा साक्षरता दर ७६.२ प्रतिशत रहेको छ । गण्डकी प्रदेशमा अपाङ्गता दर २.९ रहेको छ भने नेपालमा त्यो दर २।२ रहेको छ । आर्थिक कामको औद्योगिक क्षेत्र वर्गीकरणअनुसार गण्डकी प्रदेशमा आर्थिक काममा सम्लग्न १३ लाख २० हजार एक सय ९४ जना रहेको र तीमध्ये धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.६ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा १२ं८ प्रतिशत र निर्माणमा ७ प्रतिशत र शिक्षामा ३.७ प्रतिशत र औद्योगिक उत्पादनमा ३।२ र अन्य सेवामा ३।२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

नतिजा सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले नेपालबाट युवा जनशक्तिविदेश पलायन हुने क्रम वढिरहेकाले नेपालको युवा जनशक्तिलाई नेपालमा नै बस्ने वातावरण सरकारले बनाउनु पर्ने आवश्यकता रहेको बताए । राष्ट्रिय तथ्याङ्क केन्द्रीय कार्यालयका सचिव रामप्रसाद थपलियाले तथ्याङ्कले नतिजाले नेपालको जनसङ्ख्याको वस्तुस्थिति देखाएकाले सरकारले पनि जनताको हितमा काम गरेर विदेश पलायन हुने जनसङ्ख्या नेपालमा जै रोक्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सरका मुख्यमन्त्री कार्यालयका सचिव वद्री अधिकारीले नेपालको नेपालको शैक्षिक र दक्ष जनशक्ति नेपालमा नै राखेर विकासको ढोका खोल्नुपर्नेमा जोड दिए । सो अवसरमा जिल्ला समन्वय समिति कास्की समन्वय अधिकारी नवराज बराल, तथ्याङ्क कार्यालय प्रमुख जगुलाल बस्याललगायतले शैक्षि कर दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT