Techie IT
२०८१ चैत्र १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालटीम घोषणा गर्दै इक्यान अध्यक्ष उम्मेदवार भट्टराईले भने– हाम्रो जित निश्चित

टीम घोषणा गर्दै इक्यान अध्यक्ष उम्मेदवार भट्टराईले भने– हाम्रो जित निश्चित


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि शेषराज भट्टराई समूह चुनावी मैदानमा उत्रिएको छ ।

शनिबार हुने इक्यान महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि भट्टराई समूह चुनावी मैदानमा उत्रिएको हो । भट्टराई नेतृत्वको समूहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी दिएका छन् । त्यस्तै भट्टराई समूहको कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, होेमराज थापा, राजेश श्रेष्ठ, मनोरथ शाह र वसन्त पाण्डेको उम्मेदवारी परेको छ ।

भट्टराई समूहले बिहीबार एक समारोहबीच आफ्नो समूह चुनावी मैदानमा होमिएको घोषणा गरेको छ । भट्टराईको समूहका सबै उम्मेदवार अनुभवी, दक्ष र गतिशील छन् । उनीहरुले नेतृत्वमा चुनिएपछि संस्थाको गरिमालाई अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समारोहमा बोल्दै अध्यक्षका उम्मेदवार भट्टराईले विभिन्न नाममा सिर्जित उल्झन, व्यवधान, शंका र टिप्पणीले यो क्षेत्रमाथि प्रहर भइरहेको बताउँदै सबै समस्याहरु सामाजिक र राज्यस्तरबाट समाधान गर्ने गरी व्यवसायिक प्रतिष्ठा बढाउन सक्दो प्रयास गर्ने बताएका छन् । उनले इक्यानियनको भावनालाई आफ्नो समूहले समेटेर अघि बढ्ने भएकाले अमूल्य मत दिइ विजय गराउन आग्रह गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

वीरगञ्ज । पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयले पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई

आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा

काठमाडाैँ । आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधि सम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि

चितवनमा राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि

चितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ

प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठक बाट प्रधानमन्त्री ओलीको भ्रमण

रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न

मन्थली । यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३ सय बढी सेवाग्राहीले सेवा लिएका छन्

Techie IT