गृहपृष्ठ ∕ नेपाल ∕ अवैध रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा पक्राउ परेकी शाह धरौटीमा रिहाअवैध रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा पक्राउ परेकी शाह धरौटीमा रिहा नेपाली पत्र शनिबार, २०८० असार ३० गते, १३:३१ मा प्रकाशित नेपाल | स्वास्थ्य प्रतीकात्मक तस्बिरबैतडी । पञ्चेश्वरमा अवैध रुपमा मेडिकल सञ्चालन गरी बिरामी चेकजाँच गरेको आरोपमा पक्राउ परेकी श्यामाकुमारी शाह धरौटीमा रिहा भएकी छन् । श्यामाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानपछि जिल्ला अदालतले रू ३० हजार धरौटीमा श्यामालाई रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाँच्नुका साथै औषधि बिक्री गरिरहेको अवस्थामा दुई हप्ता अगाडि प्रहरीले नियन्त्रणमा लिएको उनले बर्ता । श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएको र निजले क्लिनिकमा बिरामी जाँच्नुका साथै औषधिसमेत बिक्री गरिरहेकाले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनको भनाइ थियो ।‘श्यामा क्लिनिक’ बिना अनुमति सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयले गत जेठमा क्लिनिक सिल गरेको थियो । गाउँपालिकाले क्लिनिक सञ्चालनका लागि अनुमति दिए पनि श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहकी श्रीमती हुन् । #धरौटीमा रिहा #मेडिकल सञ्चालकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर ३ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ४ एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले १०० सीट ल्याउँथ्योः माधव नेपाल ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक ७ बागमती प्रदेशसभाको बैठक बस्दैThe Film Nepal