Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालएक सय ५९ चालक कारबाहीमा

एक सय ५९ चालक कारबाहीमा


काठमाडौँ । आर्थिक वर्ष २०७९-८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाएरचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी विसं २०७९ साउन ९ गतेदेखि जाँच अभियान सुरु गरिएको उनले जानकारी दिए ।

लापसे गरी सवारी साधन चलाउने चालकमध्ये भाडाका सवारी साधन चलाउने चालक पनि रहेका भन्दै प्रहरी वरिष्ठ उपरीक्षक भट्टले यात्रु बोक्नेजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने व्यक्तिले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु निन्दनीय कार्य भएको बताए । यसले आफू र यात्रु दुवै ज्यान जोखिममा पु¥याउने उनको भनाइ थियो ।

लापसे सेवन गरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुको जीवनसमेत जोखिममा पर्ने भएकाले सार्वजनिक यातायातका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नं १०३ वा प्रहरीको हटलाइन नं १०० मा खबर गर्ने अनुरोध गरिएको छ ।
­­­




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT