Techie IT
२०८२ असोज २४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालअवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर

अवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर


ललितपुर । पाटन दरबार क्षेत्रको पूर्वतिर स्थित नरनारायण मन्दिरको पुनःनिर्माण सुरुआत गरिएको छ । अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलापत्रको अनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ ।

ललितपुर महानगरपालिकाको वडा नं ६ मा पर्ने सुन्धारा क्षेत्रलाई नेवार समुदायको भाषामा नुगः भनेर चिनिन्छ । यस क्षेत्र आसपमा सयौँ वर्ष पहिले अस्तित्वमा रहेर भत्किएका सम्पदाको अवशेष अहिले पनि छन् ।

नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले पुनःनिर्माण सुरु भएको नरनारायण मन्दिरलाई अवशेषका आधारमा निर्माण गर्न थालेको जानकारी दिए । उनले भने, “सुन्धारा क्षेत्रमा छ पुरात्वातिक सम्पदाका अवशेष बाँकी छन्, । यी सम्भवतः विसं १९९० को भूकम्पले भत्काएको हुुनुपर्छ । ती अवशेषलाई पुनःनिर्माण गर्न सरकारले चासो नदेखाउँदा सम्पदाको जग्गा अतिक्रमण गरेर घर बन्दैछन् ।”

नरनारायण मन्दिरको अवशेष अध्ययन गरी नक्सापास गर्दा मन्दिरको गहिराइ आठ फिड रहेको हुँदा मन्दिरको उचाइ ३२ फिड अग्लो हुनेछ । मन्दिर पुनःनिर्माण गर्नका लागि पुरातत्व विभागमा गएर आफूले प्राविधिक सहयोग मागेको तर पुरातत्व विभागले सहयोग नगरेको नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले दुःखेसो पोखे ।

मन्दिर पुनःनिर्माण गर्नलाई नक्सा तयार गर्न मात्र करिब ११ महिना लागेको उनको भनाइ छ । विसं २०७४ को स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित श्रेष्ठ अवशेष मात्र बाँकी रहेका पुरात्वातिक सम्पदालाई पुनःनिर्माण गर्न र जगेर्ना गर्न रुचि भएकाले ललितपुर महानगरको आर्थिक सहयोगमा पुनःनिर्माणमा जुटेको बताए ।

पुननिर्माण सुरु भएको पुरातात्विक सम्पदा नरनारायण मन्दिरको छेउमा प्वास्याः फल्चा (पाटी) घर भूकम्प गएको आठ वर्षपछि पुनःनिमार्णको अन्तिम चरणमा छ । नेवार समुदायको परम्परागत घरको झल्को दिने गरी पनुःनिर्माण भएको प्वास्याः फल्चा ९पाटी०लाई विसं २०७२ को भूकम्पले क्षति पुर्याएको थियो ।

नेवारी भाषामा प्वास्याः फल्चा (पाटी) घरमा विशेषगरी नेवारी समुदायको विभिन्न सार्वजनिक कार्यक्रम हुने गर्छ । प्वास्याः फल्चा (पाटी) घरलाई ज्येष्ठ नागरिक र बालबालिका भेला हुने थलोका रूपमा पनि लिने गरिन्छ । भूकम्पले क्षति पुर्याएको उक्त सम्पदा पुनःनिर्माण गर्न दुई वर्ष लाग्यो । अबको दुई महिनाभित्र निमार्ण सम्पन्न हुनेछ ।

पाटनको सुन्धारा परिसरमा धेरै ऐतिहासिक सम्पदाको अवशेष रहेको तर यी सम्पदाहरूको पुनःनिमार्णको चासो कसैले नदेखाएको ७० वर्षीय स्थानीय राधेश्याम प्रजापतिले गुनासो गर्नुभयो । सरकारले ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो नदेखाउँदा सार्वजनिक जग्गा अतिक्रमण भएको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT