Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालआँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीद्वारा उडानमा कडाइ

आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीद्वारा उडानमा कडाइ


काठमाडौँ । आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि पर्न थालेको छ। विमान कम्पनीले यात्रुसँग आँखाको परीक्षण प्रतिवेदन खोज्न थालेका छन् तर त्यसको मापदण्ड तय भइसकेको छैन।

आँखा पाक्ने समस्या देशव्यापी बन्दा प्रमुख आँखा अस्पतालमा ७० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने समस्याले आउने गरेका छन्। तीमध्ये ५० प्रतिशत १५ वर्षमुनिका छन्। काठमाडौँ उपत्यकामा यो समस्या केही कम देखिए पनि उपत्यकाबाहिर भने ७० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको छ। तिलगङ्गा आँखा अस्पतालकी कार्यकारी निर्देशक डा रीता गुरुङले उपत्यकाबाहिरका जिल्लाको तुलनामा काठमाडौँमा कम सङ्ख्यामा आँखा पाक्ने समस्याका बिरामी अस्पताल आउने गरेको जानकारी दिनुभयो। उहाँले तिलगङ्गा आँखा अस्पतालमा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म ओपिडीमा बिरामी जाँच हुने गरेकोमा २५० जनामा आँखा पाक्ने समस्या देखिएको जानकारी दिनुभयो।

नेपाल नेत्रज्योति सङ्घ मातहतका आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउनेमध्ये ५० देखि ७० प्रतिशत बिरामी आँखा पाक्ने समस्याका आउने गरेको बताइएको छ। हिमालय आँखा अस्पतालकी मेडिकल निर्देशक तथा आँखा रोग विशेषज्ञ डा। इलिया श्रेष्ठले पोखरामा एक हजार जनामध्ये ६५० जना आँखा पाक्ने समस्या लिएर आउने गरेको जानकारी दिनुभयो।

यस्तै विराटनगर आँखा अस्पतालमा दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म आँखा उपचारका लागि आउने गर्छन्। तीमध्ये ५० प्रतिशतमा आँखा पाक्ने समस्या छ। अस्पतालका निर्देशक सुधीर ठाकुरले आँखा पाक्ने रोगका कारण अस्पतालमा बिरामीको चाप बढेको र सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको बताउनुभयो।

नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले आँखा पाक्ने समस्याले प्रकोपको रूप लिइरहेको भन्दै सङ्घले मातहतका अस्पतालमा आँखा पाक्ने रोगमा केन्द्रित भएर सेवा प्रवाह गर्न निर्देशन दिएको उल्लेख गर्नुभयो। नेपाल नेत्रज्योति सङ्घको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगन्जमा २० प्रतिशत, विनोद निता कँडेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पताल, विराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल लहानमा २० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको छ।

आँखारोग विशेषज्ञ डा। दीपक शाहले आँखा पाक्ने समस्या भएका बिरामीमा अकस्मात् आँखा रातो हुने, आँखाको डिल सुन्निएर हेर्न समस्या हुने, आँखाबाट पानी बगिरहने, आँखा चिलाउने, पोल्ने र बिझाउने, आँखामा पहेँलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनेलगायतका समस्या देखिने जानकारी दिनुभयो।

आँखा पाक्ने समस्या देखिएका बिरामीले चिसोले तथा बरफले आँखा सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने, सङ्व्रmमित आँखालाई छोएपछि राम्रोसँग हात धुने र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न सुझाव दिनुभयो।

अन्तर्राष्ट्रिय उडानमा कडाइ

देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्। आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेसँगै हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका हुन्।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सूचना जारी गरेर सो रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न आग्रह गरेका छन्।

निगमका प्रवक्ता रमेश पौडेलले आधिकारिक चिकित्सकीय निकायबाट आँखा पाक्ने रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चित भएको प्रमाणपत्र पेस गरेर मात्रै उडानमा सहभागी गराउन थालेको जानकारी दिनुभयो। उहाँले हवाई उडानपूर्व आफूमा त्यस्तो समस्या देखिएको शङ्का लागेमा वा कुनै लक्षण देखिएमा आँखा परीक्षण गरेर आफू स्वस्थ रहेको यकिन भएपछि मात्रै यात्रामा सहभागी हुन आग्रह गर्नुभयो। त्यस्तै हिमालय एयरलाइन्सले पनि आँखा रातो हुने रोग आँखा पाक्ने रोग नभएको स्पष्ट चिकित्सकीय प्रमाणपत्र लिएर मात्रै हवाई यात्रा गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हवाई आवागमनलाई लक्षित गरेर कुनै आधिकारिक मापदण्डसहितको निर्णय सार्वजनिक गरेको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई कम्पनीले आफूखुसी स्वास्थ्य परीक्षण रिपोर्ट खोज्न थालेपछि यात्रुलाई अन्योल र सास्ती हुन नदिन स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्यसम्बन्धी मापदण्ड कार्यान्वयनका लागि कुनै निर्देशन जारी नभएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “कस्तो अवस्थाका यात्रुलाई उडानमा सहभागी हुन दिने रु कहाँ स्वास्थ्य परीक्षण गराउने ? परीक्षण शुल्क कति लिने रु लगायतका विषय मन्त्रालयसँग छलफल भइरहेको छ।” गोरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT