बिस्फोटमा परी २३ जना सैनिकको मृत्यु
- शनिबार, ९ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

एनजामेना, चाड । बोको हराम समूहको धरापमा परी कम्तिमा २३ सैनिकको मृत्यु भएको चाडका अधिकारीले जनाएका छन् ।
बिहीबार राति भएको धराप विस्फोट र दोहोरो झडपका घटनामा २३ जना सैनिकको मृत्यु भएको र अन्य केही घाइते भएका अफ्रिकी मुलुक चाडको सैनिक स्रोतले उल्लेख गरेको छ ।
शुक्रबार चाडको सैनिक अधिकारीलाई उद्धृत गरी अल्विदा इन्फमेसनको वेभसाइटमा दिइएको सूचनामा धराप विस्फोटबाट २३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
स्रोतका अनुसार इस्लामिक जिहादीहरूको नाइजेरियामा सक्रिय समूह बोको हरामका लडाकूले रातिको समय सीमापार गरी चाडमा आई सीमा क्षेत्रमा रहेको तालको दाङदाला नजिकै विस्फोट गराउँदा गस्तीमा रहेका सैनिक अधिकारीको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उक्त स्थानमा भएका दोहोरो भीडन्तमा केही बोको हराम लडाकूको पनि मृत्यु भएको जनाइएको छ । यसबारे बोको हराम समूहको आधिकारिक भनाई आइसकेको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु
- 4 minutes ago

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।
इजरायलको रोजगारी पुन: खुल्यो
- 30 minutes ago

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनस् सुरु भएको छ ।
आजको मौसमः मेघ गर्जनसहित वर्षाको सम्भावना
- 42 minutes ago

काठमाडौँ । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।