अमेरिका र मेक्सिको बीचको व्यापार वार्ता सहमति नजिक

Global IME
Mega Bank
Norvic Hospital

वासिङ्टन । उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ । वासिङ्टनमा दुबै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक पुगेको बताइएको छ । 

 

मेक्सिकोका अर्थसचिव इल्डेफोन्सो गुआजार्डोले आठ घण्टासम्म चलेको छलफल निकै सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिए । आइतबारको वार्तामा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए । 

 

गुआजार्डोका अनुसार, वार्ता सोमबार बिहानै शुरु हुनेछ । 

 

वार्तामा द्विपक्षीय विषयमा सहमति जुटाउने तथा नाफ्टाको तेस्रो साझेदार मुलुक क्यानडासँग छलफल गरी नयाँ सम्झौतामा हस्ताक्षर गरिनेछ । 

 

सचिव गुआजार्डो तथा मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगारेले दुई देशबीचका मुख्य व्यापारिक समस्या सुल्झाउन एक महिनाभन्दा बढीदेखि अमेरिकी व्यापार प्रतिनिधिसँग वार्ता गर्न पटकपटक वासिङ्टनको भ्रमण गरिसकेका छन् । उनीहरु आगामी अगष्ट महिनाअघि नै सवारी साधनको बजार समेतका विषयमा ठोस निष्कर्षमा पुग्ने प्रयास गरिरहेका छन् । 

 

मेक्सिकोमा जुलाई १ मा भएको राष्ट्रपतीय चुनावले पनि मे महिनाका लागि तोकिएको वार्तामा असर परेको थियो । 

 

अमेरिका, क्यानडा र मेक्सिको सम्मिलित नाफ्टाका बारेमा राष्ट्रपति ट्रम्पले निरन्तर आलोचना गरेका छन् । अमेरिकाका लागि “घातक” रहेको भन्दै ट्रम्पले सम्झौतामा आवश्यक संशोधन नभए नाफ्टाबाट अलग्गिने चेतावनी दिएका छन् । 

 

तर २५ वर्ष पुरानो यस सन्धिका विषयमा नयाँ परामर्श भइरहेको छ, र अमेरिका तथा मेक्सिको यस सम्झौतालाई अद्यावधिक गर्नेमा लगभग सहमति नजिक पुगेका छन् । अमेरिका–मेक्सिको बीचको सवारी साधन उद्योगसम्बन्धी नियममा के कस्तो सहमति हुन्छ भनी पर्खेर बसेको क्यानडालाई पनि वार्तामा आमन्त्रण गर्ने योजना छ । 

 

अमेरिका र मेक्सिकोका वार्ताकारहरु राष्ट्रपति एनरिक पेना नीटोले डिसेम्बर १ मा सत्ता छाड्नुअगावै सम्झौतामा पुग्न प्रयासरत छन् । मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस म्यानुअल लोपेज ओब्राडोर निर्वाचित भइसकेको छ र उनले आगामी डिसेम्बर १ तारिखदेखि सत्ता सम्हाल्नेछन् । नयाँ सम्झौतालाई कार्यरुप दिन अमेरिकी संसद कङ्ग्रेसलाई ९० दिनको अग्रीम समय दिनु पर्दछ । 

 

क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले अमेरिका–मेक्सिकोबीचको वार्ताको प्रगतिबाट उत्साहित भएको र दुवै मुलुकबीचको द्विपक्षीय वार्ता सकिएलगत्तै क्यानडा सहभागी हुने बताएका छन् । 

 

राष्ट्रपति ट्रम्पले शनिबार बिहान गरेको एक ट्वीटमा वार्ता सहमति नजिक पुगेको बताएका छन् । 

 

“मेक्सिको सँगको हाम्रो सम्बन्ध अत्यन्त सकारात्मक रुपमा अघि बढेको छ,” ट्रम्पले लेखेका छन् । “मेक्सिकोसँग ठूलो व्यापारिक सम्झौता चाँडै हुँदैछ ।” 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेलम्ची खानेपानीको मुहान निरीक्षण

  • 45 minutes ago
मेलम्ची खानेपानीको मुहान निरीक्षण

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि

सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल

  • 53 minutes ago
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्

'सबै पक्षसँग कुरा हुन्छ'

  • 56 minutes ago
'सबै पक्षसँग कुरा हुन्छ'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।



पर्यटन

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।