लागुऔषधसहित चार पक्राउ

  • शुक्रबार, २ फागुन, २०७६
  • 7 months ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

सर्लाही । ईश्वरपुरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । ईश्वरपुर नगरपालिका–१३ श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट १० लेखिएको ३००  ट्याब्लेट, स्पास्मो  १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ पाँच हजार १०० मिलीलिटर बरामद गरेको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ ।

 

बुधबार दिउँसो गस्ती गर्ने क्रममा सो परिमाणको अवैध लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । उनका अनुसार सो परिमाणको लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।

 

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–२ का २० वर्षका खगेन्द्र महतो, बर्दिबास–३ का २० वर्षका सुजित मगर, बर्दिबास–१ का २२ वर्षका सरोज बलम्पाकी मगर र बर्दिबास–१४ का ३१ वर्षका दिलबहादुर मगर रहेको उनले बताए ।

 

पक्राउ परेका युवाले प्रयोग गरेको बा३९प ६०३ र ज८प ५४२१ नंका दुई मोटरसाइकलसहित छ थान मोबाइलसमेत बरामद गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । पक्राउ परेका चारै जनाका सम्बन्धमा आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको आज पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक गुरुङले बताए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 2 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 13 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 50 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।