अष्ट्रेलियाको पीआर लिनेहरु न्युजिल्याण्ड गएर बस्दा र काम गर्दा के समस्या हुन्छ ?

सिड्नी । अष्ट्रेलियाको पीआर लिएका विदेशीहरू सजिलै न्युजिल्याण्डमा गएर बस्न र काम गर्न सक्छन् । यसको लागि कुनै कानूनी व्यवधान छैन । तर, लामो समय न्युजिल्याण्डमा बस्दा भने ती मानिसहरुलाई केही समस्या पर्न सक्छ । 

 

– अष्ट्रेलियाको नागरिकता वा रेजिडेन्ट रिटर्न भिसा लिने प्रयोजनका लागि न्युजिल्याण्डमा बसेको समयलाई गणना गरिदैंन ।

 

–धेरै लामो समयसम्म न्युजिल्याण्ड बसिरहँदा पनि न्युजिल्याण्डको नागरिकता मिलेन र अष्ट्रेलिया को पीआर पनि गुमाइयो भने न यता न उताको हुनसक्ने खतरा हुन्छ । 

 

– न्युजिल्याण्डको नागरिकता लिनको लागि त्यहाँ न्यूनतम ५ वर्ष बसेकै हुनुपर्ने नियम छ । त्यस प्रयोजनको निम्ति अष्ट्रेलियामा बसेको समयको गणना गरिँदैन । 

 

त्यसैले अष्ट्रेलियाका पीआर लिइसकेको छ र लामो समयसम्म न्युजिल्याण्डतिरै बस्ने विचार गर्नेहरुले पहिले अष्ट्रेलियाको नागरिकता लिनु उत्तम उपाय हुनसक्छ । अष्ट्रेलियाका नागरिकहरूलाई न्युजिल्याण्डमा बस्न र काम गर्न मिल्ने स्वतन्त्रता छ । ५ वर्ष न्युजिल्याण्डमा बसेका अष्ट्रेलियन नागरिकले चाहेमा त्यहाँको पनि नागरिकता लिन सक्छन् । यी दुवै देशको कानुनमा दोहोरो नागरिकता लिन मिल्ने प्रावधान छ ।


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 3 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।