'अष्ट्रेलियाली वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन्'

Global IME
Mega Bank
Norvic Hospital

सिड्नी, अष्ट्रेलिया । जङ्गली कुकुर अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौँ दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा छ । 

 

अष्ट्रेलियामा यूरोपेली मुलुकबाट आएर बस्ती बसाउने क्रमको थालनीसँगै करिब दुई शताब्दीको समयमा जङ्गली बिरालोका कारण कतिपय दुर्लभ प्रजातिको लोप नै भएको बताउने गरिन्छ । 

 

यद्यपि पछिल्लो समयमा जङ्गली बिरालोको जनसङ्ख्या नियन्त्रणका लागि गरिएका विभिन्न उपायले केही दशक यता भने उक्त विकराल स्थितिमा केही सुधार देखिएको छ । 

 

सरीसृप प्रजातिको नासको कारक मानिने १० हजार जङ्गली बिरालाहरूमा स्थानीय वातावरण वैज्ञानिकले गरेका अध्ययन प्रतिवेदनले सरीसृप प्रजातीका कैयौँ दुर्लभ प्राणी बिरालोको शिकारका कारण लोप हुने अवस्थामा पुगेको जनाएका छन् । 

 

अध्ययन प्रतिवेदनमा जङ्गली बिरालोका कारण वार्षिक जम्मा ६५ करोड छेपारा तथा सर्पहरूको नास हुने गरेको जनाइएको छ । 

 

“प्रत्येक जङ्गली बिरालोले औसतमा प्रतिवर्ष २२५ सरीसृपको शिकार गर्ने गरेका छन्,” चाल्र्स डार्विन विश्वविद्यालयका अनुसन्धान समूह तथा अध्ययन समूहका प्रमुख अनुसन्धाता जोन वोइनास्र्कीले भन्नुभयो । अष्ट्रेलियामा बन बिरालो संयुक्त राज्य अमेरिका वा यूरोपमाभन्दा बढी सरीसृपको विनासको कारक बन्ने गरेको पनि अध्ययनका क्रममा थाहा भएको उनले बताए । 

 

उनले भने, “केही जङगली बिरालो त सरीसृपको ठूलो सङ्ख्यालाई शिकार गर्दछन् । अध्ययनका क्रममा हामीले केही बिरालोको एकै दिनमा झण्डै ४० वटासम्म छेपारा प्रजातिका सरीसृपलाई आफ्नो आहारा बनाएको पायौँ ।” 

 

‘वाइल्डलाइफ रिसर्च जोर्नल’मा प्रकाशित प्रतिवेदन अनुसार अष्ट्रेलियामा बिरालोले २५० विभिन्न प्रजातिका सरीसृपलाई आफ्नो आहारा बनाउने गर्छन् । जसमध्ये मरुभूमिमा पाइने सर्प आकारको ठूलो छेपाराहरू दाडीवाल ड्रेगन, तथा घरआँगन वरिपरी पाइने छेपारोजस्ता सरीसृपलाई मार्ने गरेको बताइएको छ । यसमध्ये ११ विभिन्न दुर्लभ प्रजातिका लोपोन्मुख छेपारा रहेका छन् । 

 

अष्ट्रेलियामा जङ्गली बिरालाको सङ्ख्या दशौँ लाखको सङ्ख्यामा रहेको छ र यिनीहरू यहाँका स्तनधारी जनावरको लोपका लागि पनि दोषी मानिन्छन् । 

 

सोही समूहले गत वर्ष गरेको अनुसन्धानमा जङ्गली बिरालोले प्रतिदिन दश लाख पंक्षीको शिकार गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । 

 

अष्ट्रेलियाको सरकारले जङ्गली बिरालोको बिगबिगीलाई कमी गर्न विभिन्न योजनामार्फत वार्षिक दुई करोड ३० लाख अमेरिकी डलर खर्चिँदै आएको छ । 

 

अष्ट्रेलियाली वन्यजन्तु संरक्षण कार्यक्रमले गत महिना नौ हजार ४०० हेक्टर मरुभूमि क्षेत्रलाई जङ्गली बिरालोबाट स्वतन्त्र बनाउन ४४ किलोमिटर लामो विद्युतीय वार निर्माण गरेको थियो । 

 

सरकारले उक्त अभियान अन्तर्गत करिब एक लाख हेक्टर मरुभूमि क्षेत्रको जमिन, जहाँ बिरालोको बिगबिगी छ, लाई विद्युतीय तारबार गर्ने योजना छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड परिवारसहित सुकुटे पुगे

  • 1 hour ago
प्रचण्ड परिवारसहित सुकुटे पुगे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो परिवारसहित सुकेटे पुगेका छन्। प्रचण्ड रिफ्रेस हुन परिवारसहित सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन्। बुधबार दिउँसो सुकुटे पुगे

आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

  • 2 hours ago
आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको बताएका छन्। बुधबार महिला सुरक्षा दबाब समूह नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै क

समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

  • 2 hours ago
समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

काठमाडौँ। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख २० हजार ६९२ मत ल्याएको छ। निर्वाचन आयोगको अनुसार १ लाख ७१ हजार ३६३ मत गणना गर्दा एमालेले २७.३ प्रतिशत मत ल्याएको हो। समानुपातिकको दो



पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।