Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने

जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने


एजेन्सी । जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउँन गरेको पुरानो निर्णयलाई उल्टाउँदै मङ्गलबार यस बारे जानकारी दिएको छ ।

यस वर्षको शुरुमा सियोलले जापानलाई आफ्नो व्यापार ूसेतो सूचीू मा पुनःस्थापना गर्ने यो कदमले छिमेकीहरूबीचको सम्बन्धलाई थप न्यानो पार्ने प्रयासको पछिल्लो कदमको रूपमा लिएको छ ।

दक्षिण कोरियासँगको व्यापारले जुलाई २१ देखि फास्ट ट्र्याक स्वीकृति प्रक्रियाको उपयोग गर्न सक्ने टोकियोको व्यापार मन्त्रालयले जनाएको छ । सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानले गरेको क्रूर कब्जाको तीतो सम्झनाका कारण दुई अमेरिकी सहयोगीहरूबीचको सम्बन्ध लामो समयदेखि चिसिएको छ।

सन् २०१८ मा दक्षिण कोरियाको सर्वोच्च अदालतले जापानी फर्महरूलाई जबरजस्ती श्रमका युद्धका पीडितहरूलाई क्षतिपूर्ति दिन आदेश दिएको थियो । जसको कारण जस्तालाई त्यस्तै (टिटफरट्याट) आर्थिक नीति लिएको थियो । तर गत वर्ष दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सत्तामा आएदेखि उनले उत्तर कोरियाको उक्त धम्कीलाई मध्यनजर गर्दै जापानसँगको सम्बन्धलाई द्रुत गतिमा सुदृढ पार्ने काम गर्दे आएका छन् ।

मार्चमा युनले टोकियोबाट प्रत्यक्ष संलग्नताविना पीडितहरूलाई क्षतिपूर्ति दिने योजनाको शुरु गर्नु भएको थियो जुन घरेलु रूपमा अलोकप्रिय थियो तर जापानसँगको सम्बन्ध सुधार गर्न भने यसले मद्दत गरेको थियो ।

त्यसबेलादेखि युन र जापानी प्रधानमन्त्री फुमियो किशिदाले अप्रिलमा युनसँग टोकियो र गत महिना किशिदाले सियोलको यात्रा गर्दै नियमित उच्चस्तरीय वार्ता पुनः शुरु गर्दै सम्बन्धलाई सुमधुर बनाउँने दिशामा अगाडि बढेका छन् ।

जापानले पनि यस वर्ष दक्षिण कोरियाको लागि निर्धारित अर्धचालकहरूको लागि आवश्यक सामग्री निर्यातमा लिएको नियन्त्राणत्मक नीति हटाएको छ । त्यसैगरी सियोलले पनि जापान विरुद्ध डब्ल्युटीओमा गर्दै आएको गुनासो अन्त्य गरेको र सैन्य खुफिया(साझेदारी सम्झौतालाई सामान्य बनाउन अगाडि सरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT