'नेपाल सरकारको सङ्कल्प साकार पार्न बंगलादेशले हरसम्भव सहयोग गर्ने'

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बुधबार, २७ कार्तिक, २०७६
  • 2 years ago
  • नेपाल
pic-rss

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । 

 

आजै राष्ट्रपति हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिष्टाचार भेट गरे । भेटमा उनीहरूबीच विद्यमान पारस्परिक सम्बन्धका सबै पक्षबारे छलफल भएको थियो । दुई देशबीचको विद्यमान घनिष्ठ एवम् परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्ने विषयमा पनि उनीहरूबीच गहन रुपमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

 

मन्त्री ज्ञवालीका अनुसार बङ्गलादेशका राष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो  देशले हरसम्भव सहयोग गर्ने वचन  प्रधानमन्त्रीलाई दिएका थिए । 

 

दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवद्र्धनलगायत आपसी चासोका विविध विषयमा पनि उनीहरूबीच विचारविमर्श भएको थियो । नेपाललाई बङ्गलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको उपयोग गर्दै नेपाली उत्पादनलाई बङ्गलादेशी बजारमा पु¥याउन तथा द्विपक्षीय व्यापार वृद्धिमा जोड दिइएको थियो । 

 

प्रधानमन्त्रीले ऊर्जा उत्पादनमा लगानी गर्न बङ्गलादेशका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न सके यहाँ उत्पादन हुने ऊर्जा बङ्गलादेशमा खपत गर्न सहज हुने वास्तविकता राष्ट्रपतिलाई अवगत गराए ।

 

भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो । 

 

“बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपतिले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताएका थिए । नेपालप्रति उनले कृतज्ञता पनि प्रकट गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका विशिष्ट अतिथि नेपालको चारदिने  औपचारिक सद्भावना भ्रमणमा छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित

  • 5 hours ago
एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोज

बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल

  • 8 hours ago
बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को

न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने

  • 8 hours ago
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने

एजेन्सी । सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।